भेरिखाेलाकाे बारागाउँ र ताम्तीमा ६ महिनापछि बल्याे बत्ती

वडा नम्बर ७ काे समस्या समाधान गर्न वडा नम्बर ६ का वडाअध्यक्षकाे समन्वयकारी भुमिका

जुम्लाकाे तातोपानी-७ ताम्ती र बारागाउँमा ६ महिनापछि बत्ती बलेकाे छ । स्थानीय सरकारका पहलपछि उक्त गाउँमा ६ महिनापछि बत्ती बलेकाे हाे ।
गत चैत्र महिनामा दारीखाेला जल विद्युत आयाेजनाकाे पावर हाउसमा रहेका पाठपूर्जा (माेटर) बिग्रिएपछि आएपछि विद्युत अवरुद्ध भएकाे थियाे ।
उपभाेक्ता समितिका अध्यक्ष  रतन रावतले पावर हाउसमा रहेकाे माेटरमा खराबी आएका कारण ६ महिनासम्म विद्युत अवरुद्घ भएकाे बताए । उनका अनुसार बीचमा बुटवलबाट मिस्त्री बाेलाएर मेसिन चेक गरिएकाे थियाे ।
मिस्त्रीले मेसिन नै बाहिर लिनुपर्ने बताएकाे अध्यक्ष रावतकाे भनाइ छ । पछि उपभोक्ता समिति र गाउँलेहरूले मिलेर विद्युत सुचारू गर्ने विषयमा पटकपटक छलफल गरेपनि आर्थिक अभावका कारण काम हुन नसकेकाे उनले बताए ।
चैत महिनातिर एक्कसी विद्युत बिग्रियाे । हामीले धेरै पटक प्रयास गरेकाे हाे । बीचमा मिस्त्रीसमेत बाेलायाै । तर आर्थिक अभावका कारण काम हुन सकेन ।´, अध्यक्ष रावतले भने । अहिले भने स्थानीय सरकारकाे सक्रियतामा ६ महिनापछि बारगाउँ र ताम्ती गाउँ झिलिमिली भएका छन् । वडा नम्बर ७ काे ताम्ती र बारागाउँमा बत्ती बाल्नकाे लागि तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विशाल खड्काले समन्वयकारी भुमिका खेलेका हुन् । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिका संयाेजक समेत रहेका वडाअध्यक्ष खड्का गत ३ भदाैमा ताम्ती गाउँ गएका थिए । उक्त अवसरमा स्थानीयले वडाअध्यक्ष खड्कालाई विद्युत अवरुद्ध भएकाे गुनासो गरेका थिए । स्थानीयकाे गुनासाेपछि आफूले पालिकामा समन्वय गरेर समस्या समाधान गर्ने  प्रतिबद्धता गरेकाे वडाअध्यक्ष खड्का बताउँछन् । आफू ताम्तीबाट फर्किएर गएपछि गाउँपालिका अध्यक्षसँग समन्वय गरेर समस्या समाधानकाे लागि पहल गरेकाे उनले बताए । वडाअध्यक्ष खड्काका अनुसार त्यसपछि गाउँ कार्यपालिका बैठकमा दारीखाेला विद्युतकाे समस्या समाधानकाे सहयाेग गर्ने निर्णय गरिएकाे थियाे । बिग्रिएकाे विद्युतकाे मेसिन मर्मतका लागि पठाइयाे । केही हप्तामा सामान आयाे  । अहिले जडान गरेर विद्युत बलेकाे छ ।´ वडाअध्यक्ष खड्काले भने
यस्तै,गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले वडाअध्यक्ष विशाल खड्कामार्फत विद्युत अवरुद्ध भएकाे खबर आएपछि  पालिकाकाे अगुवाइमा समस्या समाधान भएकाे बताए ।
उनका अनुसार पालिकाकाे अगुवाइमा मेसिन मर्मत भएर विद्युत सुचारू भएकाे छ । मर्मतका लागि भएकाे खर्चकाे  बिल प्राप्त भएपछि खर्च गाउँपालिकाले व्यहाेर्ने अध्यक्ष चाैलागाईँकाे भनाइ छ ।
दारीखाेला जल विद्युत आयाेजना २०७० सालमा निर्माण सम्पन्न भएकाे थियाे ।  सुन्दर नेपाल  संस्थाकाे  ८० लाख लागतमा २५ किलाेवाटकाे विद्युत क्षमताकाे आयाेजना लागू गरिएकाे उपभोक्ता समितिका अध्यक्ष रतन रावतले बताए ।
उक्त आयाेजनाबाट बारागाउँ र ताम्ती गाउँका ३५० वटा घरधुरी लाभान्वित छन् । ताम्ती गाउँका २ सय  र बारागाउँका  १५० जनाले विद्युत प्रयाेग गरिरहेका छन् । विद्युत हरेक दिन साझ चार बजेेखि विहान ११ बजेसम्म बत्ती बल्ने गरेकाे छ ।

जुम्ला दर्पणबाट

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस