जुम्लाको तातोपानी ४ गाैतमबाडाका कृषक तथा राजनीतिज्ञ दिपक गाैतमले बिरामीलाई फलफूल बाँडेर आफ्नो जन्म उत्सव मनाएका छन्। उपचारका लागि जुम्ला खलंगा स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ५५ जना बिरामीलाई गाैतमले
स्वास्थ्य लाभकाे कामना सहित फलफूल दिएर जन्म दिन मनाएका हुन्।
४३ वर्ष पार गरेर ४४ औं वसन्तमा प्रवेश गरेकाे अवसरमा प्रति बिरामीलाई दुई दाना स्याउ, दुइवटा लाेक्कल कुखुराको अण्डा र फ्रुटी वितरण गरेकाे दिपक गाैतमले बताएका छन्।
जन्म दिनमा फजुल खर्च गरेर तामझाम गरि जन्म दिन मनाउनु भन्दा थाेरै भएपनि सामाजिक सेवामा समर्पित गरेर जन्म उत्सव मनाउदा सन्तुष्टि मिल्ने उनकाे तर्क छ।
आगामी दिनमा पनि समाजलाई याेगदान हुने रचनात्मक काम गरेर जन्म उत्सव मनाउँने उनले बताए ।
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार