उपाध्यक्ष कपकाे फाइनलमा तिलाका १ नम्बर र ४ वडा भिड्दै

जुम्लाकाे तिलामा जारी उपाध्यक्ष कपकाे फाइनलमा तिला गाउँपालिका वडा नम्बर १ र तिला गाउँपालिका वडा नम्बर ४ भिड्ने भएका छन् । ५० हजार पुरस्कार राशिकाे गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे फाइनलमा उपाधी रक्षाका लागि तिला १ र तिला ४ बिच प्रतिस्पर्धा हुने रेफ्रि हरिलाल महतले जानकारी दिएका छन्।
कुल ८ टिम सहभागी उपाध्यक्ष कपमा तिला १ र ४ फाइनलमा पुगेका हुन्। फाइनल खेल (शनिबार) हुने रेफ्रि महतले बताए ।
सेमिफाइनल अन्तर्गत पहिलाे खेल तिला १ र तिला ९ बिच खेल भएकाे थियाे। जसमा तिला १ ले बाजि मारेकाे छ । दाेस्राे खेल तिला ८ र तिला ४ बिच भएकाे हाे। तिला ८ लाई हराउदै तिला ४ ले उपाधी यात्रा तय गरेकाे हाे।
विजेता टिमले नगद ५० हजार पाप्त गर्ने छ, भने द्वितीय टिमले ३० हजार पाउने तिला कि उपाध्यक्ष गाेरिकला बुढाले जानकारी दिएकि छन्।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस