![](https://nayakarnali.com/wp-content/uploads/2023/05/default.png)
जुम्लाकाे तिला गाउँपालिकामा ५० हजार पुरस्कार राशिकाे भलिबल प्रतियोगिता सञ्चालन भएकाे छ। आज बाट तिलामा ५० हजार पुरस्कार राशिकाे गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएकाे हाे। जसलाई उपाध्यक्ष कप नाम दिइएको छ।
तिला गाउँपालिकाकाे आयाेजनामा सञ्चालित उपाध्यक्ष कपमा कुल ८ टिम प्रतिस्पर्धामा उत्रिएकाे तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले बताइन्। आज पहिलाे खेल तिला गाउँपालिका वडा नम्बर १ र तिला ७ बिच भएकाे छ। जसमा तिला ७ लाई पराजित गरि तिला १ ले आफ्नाे पहिलाे जित दर्ता गरेकाे छ। खेल नकआउट पद्धतिबाट खेलाइएकाे छ। विजेता टिमले नगद ५० हजार पाप्त गर्ने छ, भने द्वितीय टिमले ३० हजार पाउने छ।
भलिबलका अतिरिक्त पालिका स्तरीय देउडा प्रतियोगिता समेत सञ्चालन गरिने छ। देउडा प्रतियोगितामा कुल ९ वटा टिम समावेश भएका छन्।
भलिबल फाइनल ९ गते हुने आयाेजकले जनाएको छ।