भेरिखाेलाकाे सुर्किगाउँ राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे

जुम्लाकाे दुर्गम भेरिखाेला क्षेत्रकाे सुर्किगाउँ राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकाे छ। तातोपानी गाउँपालिका ७ मा रहेकाे सुर्की गाउँ राष्ट्रिय प्रसारण लाइनमा जाेडिएपछि झिलिमिलि बनेकाे छ। ७० काे दशकबाट विद्युत बाल्दै आएका सुर्कीबासी घट्टेखाेला जलविद्युत बिग्रिएपछि अन्धकारमा थिए। अहिले राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि गाउँमा हर्ष छाएकाे स्थानीय श्रीराम रावतले बताए ।
कुल १ सय ४५ घरधुरी रहेकाे सुर्कीमा दशैंकाे मुखमै बत्ति बलेपछि खुसियाली छाएकाे उनकाे भनाइ छ। घट्टेखाेला जलविद्युत बारम्बार बिग्रिरहदा सास्ती पाइन्थ्याे, अहिले दशैंकाे मुखमै गाउँ राष्ट्रिय प्रसारण लाइनमा जाेडिएपछि निकै हर्षित छाैं । श्रीराम रावतले भने।
विद्युतीकरणकाे सुविधा पाएपछि यहाँका नागरिकको जीवनस्तरमा थप सुधार हुने अपेक्षा गरिएकाे अर्का स्थानीय दिल बहादुर रावतले बताए । विद्युत बलेसँगै यहाँका नागरिककाे दैनिकि सहज हुँदै गएकाे उनले बताए ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस