लामाबगरकाे आँखा शिविरमा १ सय ३७ जनाले सेवा लिए

२७ जना मोतिबिन्दु अपरेसनको लागि छनोट

जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ स्थित ताम्ति स्वास्थ्य चाैकि लामा बगरकाे १ दिने आँखा शिविरमा १ सय ३७ जनाले सेवा लिएका छन्।
बुधबार (आज) ताम्ती स्वास्थ्य चौकी लामाबगर जुम्लामा सञ्चालन भएको एक दिने आँखा शिविरमा जम्मा १ सय ३७ जनाले सेवा लिएको तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चाैंलागाईले जानकारी दिएका छन्। यसका साथै २७ जनाको मोतिबिन्दुको अपरेसनको लागि छनोट गरिएको उनले बताए ।
जुम्लाकाे दुर्गम क्षेत्र मानिने तातोपानी ७ र ८ का नागरिकलाई सेवा दिन आँशा शिविर सञ्चालन गरिएकाे उनले बताए । डाक्टर विश्वराज तिमिल्सिना सहित २ जना डाक्टर, तातोपानी का स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन्। २७ जनाको मोतिबिन्दुको अपरेसनको लागि छनोट गरिएकोमा १ जनाकाे २४ गते र २६ जनाकाे २२ गते अप्रेसन हुने स्वास्थ्य संयाेजक चाैंलागाईले नयाँ कर्णालीलाई बताए।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस