जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे छ। पातारासी ५ नम्बर वडाले ५१ वटा सुचक पार गरेपछि आज एक औपचारिक कार्यक्रमका बिच बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएको हाे।
जम्मा ७ वटा वडा भएकाे पातारासी गाउँपालिका भित्र पातारासि ५ बालमैत्री स्थानीय शासन वडा घाेषणा हुने पहिलाे वडा बनेकाे छ। जुम्ला जिल्लाकाे हकमा भने याे वडा बालमैत्री स्थानीय शासन घाेषणा भएकाे दाेस्राे वडा हाे। यस अघि तिला गाउँपालिकाकाे ६ नम्वर वडा जुम्लाकाे पहिलाे बालमैत्री स्थानीय शासन भएकाे वडा बनेकाे हाे।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यकाे प्रमुख आतिथ्यतामा पातारासी ५ लाई बालमत्री स्थानीय शासन वडा घाेषणा गरिएको हाे। कार्यक्रममा बाेल्दै समन्वय प्रमुख आचार्यले सिंगो जुम्लालाई बालमैत्री र पोषणमैत्री स्थानीय शासन घोषणा गर्न जिल्लाका ८ वटै स्थानीय तह तीव्र तयारीमा जुट्नुपर्ने बताएका छन्। बालमैत्री शासनका ५१ तथा पोषणमैत्री स्थानीय शासनका ४९ वटा ‘सुचक लाई ध्यानमा राखेर स्थानीय तह जुट्नुपर्ने बताए।
बालबालिकाको हरेक पक्षमा संवेदनशील बन्दै बालअधिकार प्रवर्द्धन गर्नका लागि अघि सारिएको बालमैत्री स्थानीय शासन अवधारणा लाई जुम्लाका स्थानीय तहले आत्मसात् गर्नुपर्ने उनले बताए ।
बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको पृष्ठपोषण गर्दै संस्थागत विकासमा समेत जोड दिइने पातारासि गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताएका छन्।
पातारासि गाउँपािलकाकि उपाध्यक्ष जनमाया राेकायाले अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक व्यवस्थाको प्रत्याभूति गर्न बालबालिका सम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि बनाई कार्यान्वयनमा ल्याइएको उनले बताइन ।
नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरिले बताइन्।
बाल बचाउमा १४, बाल संरक्षणमा १०, बाल विकास र बाल सहभागितामा ६–६ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक रहेको उनले बताइन् । तेकिएका सूचकहरू पूरा गरेपश्चात् वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएकाे पातारासि ५ का वडा अध्यक्ष दत्त बहादुर बुढाले जानकारी दिएका छन्।
बालमैत्री स्थानीय शासन घाेषणाका लागि जिल्ला समन्वय समितिबाट सहमति लिएर वडा समितिको सिफारिसमा कार्यपालिकाको बैठकबाट स्वीकृति लिनुपर्ने, गाउँपालिका तथा नगरपालिकालाई सम्बन्धित प्रदेश मन्त्रालयबाट स्वीकृति लिएर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सकिने प्रावधान छ ।
पातारासि ५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा
प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस