जुम्ला खलंगाका घरघरमा धमिलो पानी

जुम्ला खलंगाका धारामा लेदाे सहितकाे धमिलाे पानी आउदा उपभोक्ता समस्यामा परेका छन्। घर/घरमा जोडिएका धारामा समेत धमिलो पानी आउनथाले पछि उपभोक्ता समस्यामा परेका हुन्।
वर्षायाम लागेसँगै पटक पटक धारामा लेदाे सहितकाे पानी आउदा हैरान भएकाे चन्दननाथ ४ का नवराज भारतीले बताए ।
जात्रा चलिरहेका बेला जनसंख्या बढेकाे छ, तर धारामा लेदाे सहितकाे पानी आउदा समस्या परिरहेकाे छ, उनले भने। प्रशोधन नगरी सिधै खोलाको पानी उपभोक्ताकाे धाराेमा पठाएको भन्दै उनले आक्राेस पाेखे। खोलामा पानीको सतह बढेसँगै धमिलो पानी आउने क्रम हरेक वर्ष दोहोरिँदै आएको अर्का उपभोक्ता मुन बहादुर रावतले बताए ।
यता खानेपानीकाे ट्यांकि हेरफेर गर्ने कर्मचारीलाई साेध्दा रिनि र बासी मालिकाकाे खाेलामै धमिलाे पानी आएकाेले घरघरमा धमिलो पानी पुगेकाे नयाँ कर्णालीलाई जानकारी दिए।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस