भौतिक पुर्वाधारमा फड्को मार्दै पातारासीको ५ नं वडा

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ ले भौतिक पुर्वाधारका क्षेत्रमा फड्को मार्दै छ । पातारासी ५ मा आफ्नै वडा भवन देखि आधारभूत स्वास्थ्य चौकि भवन समेत निर्माण भएको छ । यसका साथै लोर्पागाउँ जोड्ने पक्कि पुल समेत निर्माणको अन्तिम चरणमा पुगेको पातारासी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दत्त बहादुर बुढाले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा ८६ लाख बजेटमा लोर्पा आधारभूत स्वास्थ्य चौकिको ७ कोठे भवन निर्माण भएको वडा अध्यक्ष बुढाले बताए । ‘पहिले वडा बासीले आधारभूत स्वास्थ्य सेवा छिमेकि वडाबाट लिइरहेका थिए, गाउँलेहरु पातारासी ४ मा रहेको डिल्लिचौर स्वास्थ्य चौकि पुग्नुपर्ने बाध्यताको. अन्त्य हुदै छ ।’ सञ्चालनमा आउन भने बाँकि रहेको छ, तत्कालिन समयमा भाडाको घरबाट दिइएको उनले बताए । उनकानुसार संघीय शर्शत अनुदान अन्र्तगतको ४० लाख बजेटमा वडा पालिकाको ५ कोठे पक्कि भवन निर्माण भएको छ । भाडाको साँघुरो घरबाट सेवा प्रवाहमा मुस्किल परिरहेको परिप्रेक्षमा आफ्नै भवन बन्नु सुखद् रहेको उनले बताए ।

पातारासी ५ नम्वरकै पहलमा वडाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जुम्ला सदरमुकाम बाट पुर्वमा पर्ने पातारासीका बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्म पुर्याउन एम्बुलेन्स खटिरहेको छ । गत आ.व. मा कर छुट सहित २७ लाख बजेटमा एम्बुलेन्स खरिद गरिएको थियो । अहिले पातारासीका ७ वटै वडामा सेवा दिइरहेको छ । सुत्केरी, नाजुक तथा विपन्न बिरामीलाई निशुल्क सेवा दिइएको छ, भने अन्यलाई न्युनतम १ हजार देखि ३५ सय सम्म ठाउँ अनुसारको शुल्क लिने गरिएको छ । उठेको रकम गाउँपालिकामा राजस्वका रुपमा जम्मा हुने गरेको चालक राम बहादुर बुढाले बताए । हाल सम्म पातारासीका २०९ जनालाई वडाको एम्बुलेन्सबाट सेवा दिइएको छ । जसमा ६ जनालाई विपन्न र ६० जना सुत्केरी लाई निशुल्क सेवा दिइएको छ, भने बाँकीबाट दुरि अनुसार न्युन भाडा लिइएको छ ।
शिक्षा क्षेत्रमा समेत नविन काम भएको वडा अध्यक्ष दत्त बहादुर बुढाको दाबी छ । पातारासी ५ को ज्वति आधारभूत विद्यालयमा विद्यार्थि शुन्य भएर बन्द हुने स्थितिमा पुगेपछि अभियानन सञ्चालन गरेर सोहि विद्यालयमा अहिले ८५ जना विद्यार्थी भर्ना गराउन सफल भएको उनले बताए । विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरिएको छ । अंग्रेजी माद्यमबाट पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस