नागरिक समाज सञ्जालकाे ७ बुँदे कार्ययोजना निर्माण

जुम्लाकाे तातोपानी गाउँपालिकास्तरीय नागरिक समाज सञ्जालकाे कार्ययोजना निर्माण भएकाे छ। आज तातोपानीमा सम्पन्न पहिलाे बैठकबाट ७ बुँदे वार्षिक कार्ययोजना निर्माण गरिएको हाे। गत असारमा प्रेम बहादुर अधिकारीको संयोजकत्वमा १९ सदस्यीय सञ्जाल गठन भएकाे थियाे। आजकाे बैठकबाट बालबिवाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनी, बाल हिंसाका विरुद्धमा उभिएर सकारात्मक सञ्चारमा टेवा दिने उद्देश्यका साथ कार्ययाेजना निर्माण भएकाे नागरिक समाज सञ्जालका संयाेजक प्रेम बहादुर अधिकारीले बताएका छन्।
आज निर्माण भएकाे वार्षिक कार्ययोजना अनुसार भाद्र महिनामा बालविवाह न्युनिकरणका लागि अन्तरक्रिया गर्ने तय भएकाे छ। यस्तै विद्यालय पहुँच बाहिर रहेका र अपांगता भएका बालबालिकाकाे पहिचान गर्ने, तथा प्रत्येक महिना घुम्ती बैठक गरिने किर्डाक नेपालका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहीले जानकारी दिएका छन्।
कार्ययोजना निर्माण हुनुका साथै निर्देशिका समेत तयार भएकाे छ। नागरिक समाज सञ्जालका सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिइने उनले बताए । यस्तै शैक्षिक सुधारकम लागि तातोपानी भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक बहस सञ्चालन गरिने छ। नागरिक समाज र स्थानीय सरकार बिच अन्तरक्रिया समेत गरिने कार्ययाेजनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस