जुम्लाकाे तिला गाउँपालिकामा अवस्थित देउली पाटनमा चट्याङ लागेर झण्डै १ सय भेडा मरेका छन् । मंगलबार दिउँसो १२ बजेकाे समयमा तिला- ६ र ९ काे सिमानामा रहेकाे देउली पाटनमा चट्याङमा परी १ सय भेडा मरेका हुन् । तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले तिला – ७ का ९ जना भेडापालक किसानका भेडाबाख्रा मरेकाे बताए ।
तिला-७ पोख्री गाउँकाकालीबहादुर रोकाया, बीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा,भीम बहादुर रोकाया, लालसिंह रोकाया, , नैने बुढा र राम बहादुर रोकायाका भेडाबाख्रा मरेको अध्यक्ष राेकायाले जानकारी दिए । उनका अनुसार चट्याङमा परी गाेठाला गएका वडा नम्बर ७ का ५६ वर्षीय लालसिंह रोकाया घाइते भएका छन् । `भेडा मरेकाे र गाेठाला घाइते भएकाे खबर आएकाे छ । मर्ने भेडाकाे संख्या एकिन हुन सकेकाे छैन । प्रहरी र स्थानीयकाे टाेली जादैछ,´ उनले भने ।
पाटनमा पुग्न करिब १० घण्टा लाग्ने स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत जानकारी बुधबारसम्म आइपुग्ने अध्यक्ष राेकायाले जुम्ला दर्पणलाई बताए ।
जुम्लाकाे देउली पाटनमा चट्याङ लागेर १ सय भेडा मरे
प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस