
जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ५ काे वडा स्तरीय बालक्लबमा आवद्व बालबालिकाले
लासी बजारमा सरसफाइ गरेका छन्। पातारासी गाउँपालिकाकाे केन्द्र समेत रहेकाे लासी बजारमा सरसफाइ गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरिले जानकारी दिएकि छन् । पातारासी ५ स्थित शङ्कर माद्यामिक विद्यालय बाट सुरु गरिएको सरसफाइ अभियान अहिले टाेल, बस्ती हुँदै पालिका केन्द्र लासी बजारमा पुगेकाे उनले बताइन।
गाउँ, टाेल र बाटाेघाटाे सफा सुग्घर राख्ने बानिकाे विकास गर्न सरसफाइ अभियान थालिएको पातारासी ५ वडा अध्यक्ष दत्त बुढाले बताए । सचेतनाका सवालमा बालक्लब निकै अगाडि रहेकाे उनले बताए । वडा पालिकाकाे सहयाेगमा सरसफाइ गर्ने देखि कुरिति अन्त्य गर्ने अभियान समेत बालक्लब ले चलाइरहेकाे उनले बताए । माथिलाेर्पा, तलिलाेर्पा र लासी बजारमा बालक्लब द्वारा सरसफाइ गरिएकाे हाे।
बालक्लबले सुरु गरेकाे सरसफाइ अभियान प्रशंसनीय रहेकाे बताउदै स्थानीय रामन बुढाले समुदायले पनि सिकाे गर्नुपर्ने बताउन्छन्। वातावरण र घर आगन सफा राख्न सके स्वच्छता र सुन्दरता प्राप्त हुने उनकाे भनाइ छ।