तिला गाउँपालिकाले ल्यायो, ४७ करोड ४० लाख बजेट

जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४७ करोड ४० लाख ४३ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा तिलाले भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यसका साथै सामाजिक विकास, सामाजिक सुरक्षा तथा पञ्जीकरण, लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, सहकारी, लद्यु विकास, सुशासन सार्वजनिक सेवा तथा क्षमता विकास, राजस्व तथा आन्तरिक स्रोत परिचालन लगायत क्षेत्रलाई समेटेर बजेट ल्याइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक गोरीकला बुढाले आज १४ औं गाउँसभामा आगामी बजेट सार्वजनिक गर्दे तिलाले कूल विनियोजित रकममध्ये सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदान १९ करोड ९६ लाख ८ हजार रुपैंया, वित्तिय समानिकरण अनुदान संघबाट ९ करोड ३० लाख रुपैंया यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान प्रदेश १ करोड ६ लाख १७ हजार, सशर्त अनुदान प्रदेश १ करोड ६९ लाख ९५ हजार, विशेष अनुदान संघ १ करोड ५० लाख, विशेष अनुदान प्रदेश १ करोड ५ लाख,समपुरक अनुदान संघ १ करोड ३० लाख, समपुरक अनुदान प्रदेश ७७ लाख,राजस्व बाँडफाँड संघ ८ करोड २० लाख, राजस्व बाँडफाँड प्रदेश ४ लाख, आन्तरिक राजस्व २५ लाख र अल्या अनुमानित २ करोड २७ लाख २३ हजार बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बुढाले जानकारी दिइन् ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुलभ स्वास्थ्य सेवालाई विस्तार गर्नेका लागि पालिकाको निर्माणधिन दश शैयाको अस्पतालको निर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कम्तीमा एक पटक पालिका स्तरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ । बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक, बालबालिका र गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने नीति तथा कार्यक्रमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।
पालिकाले स्वास्थ्यसंगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । सीपमूलक र व्यवहारिक शिक्षा सहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनउपयोगी शिक्षा,एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीह?को सक्रिय सहभागिता लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समाबेश गरिएको तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।
पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पनि प्राथमिकताका साथ योजना ल्याएको छ । पालिकाले सेवा प्रवाहलाई जनताको घरदैलोमा पु¥याउनका लागि एकीकृत घुम्ती सेवा मार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा बिस्तार गर्दै लैजाने योजना तिलाले नीति तथा कार्यक्रममा उल्लेख गरेको गरेको छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस