जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ चाैतारामा स्वास्थ्य चाैकिकाे भवन शिलान्यास गरिएकाे छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले लाेर्पा आधारभूत स्वास्थ्य चाैकिकाे आज शिलान्यास गरेका हुन्। संघीय अनुदानकाे ३९ लाख बजेटमा ८ काेठे भनव निर्माणका लागि शिलान्यास गरिएको पातारासी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दत्त बुढाले जानकारी दिईका छन्।
पातारासी ५ माथि लाेर्पा र तलि लाेर्पा गाउँकाे बिचमा पर्ने चाैतमरामा ८ काेठे पक्की भवन बन्ने उनले बताए । उपभोक्ता मार्फत धमाधम भवन निर्माणकाे काम भइरहेकाे वडा अध्यक्ष बुढाले बताए । हाल सम्म भाडाकाे साँघुराे घरबाट लाेर्पा आधारभूत स्वास्थ्य चाैकि सञ्चालन भइरहेकाे बताउदै वडा अध्यक्ष बुढाले अब असार पछि पक्की भवनबाट सेवाग्राहीलाई सेवा दिइने बताए।
भवन निर्माणका लागि पातारासी ५ का मनकारी स्थानीय धन बहादुर बुढाले ६ सय ८८ वर्गमिटर जग्गा दान गरेका छन्। समग्र वडाका स्थानीय लाभान्वित हुने आधारभूत स्वास्थ्य चाैकि भवनका लागि स्वतस्फूर्त निशुल्क जग्गादान गर्ने धन बहादुर बुढालाई पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले धन्यवाद ज्ञापन गरेका छन्।
याे स्वास्थ्य चाैकिबाट पातारासी ५ का जप्न, लासी, माथि लाेर्पा र तलि लाेर्पाका स्थानीयले आधारभूत स्वास्थ्य सुविधा लिदै आएका छन्।
वडाबासीलाई नजिकबाटै सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण हुन लागेकाे पातारासी ५ का वडा सचिव टेक बहादुर कठायतले नयाँ कर्णालीलाई जानकारी दिए। केही विवादले शिलान्यास ढिला भएपनि भवनकाे काम झण्डै ४० प्रतिशत पूरा भइसकेकाे पातारासी ५ का वडा अध्यक्ष दत्त बुढाले बताए ।
पातारासी ५ चाैतारामा स्वास्थ्य चाैकिकाे भवन शिलान्यास
३९ लाख बजेटमा ८ काेठे भवन बन्ने
प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस