जुम्लाकाे दुर्गम भेरिखाेलाका जेष्ठ नागरिकलाई तातोपानी गाउँपालिकाले वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ। तातोपानी गाउँपालिकाले तातोपानी ७ र ८ का जेष्ठ नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेकाे हाे।
तातोपानी गाउँपालिकाकाे आयाेजना र तातोपानी स्थित ग्लाेबल आइएमइ वैंककाे सहजीकरणमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए छन्। आज तातोपानी ७ का जेष्ठ नागरिक लाई कंयरकाेट बाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे अध्यक्ष चाैंलागाईले बताएका छन्।
भाेली (बुधबार) तातोपानी ८ का जेष्ठ नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने उनले नयाँ कर्णालीलाई बताए। भाैगाेलिक विकटताले जेष्ठ नागरिकलाई सास्ती नहासे् भन्न का लागि भेरिखाेलाका जेष्ठ नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता दिइएकाे उनले बताए ।
तातोपानी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , ग्लोबल आइ एम इ बैंकका तातोपानी शाखा प्रवन्धक बैंकका कर्मचारी र सम्बन्धि शाखाका कर्मचारीहरुको उपस्तिथिमा तातोपानी ७ का ३८ जना जेष्ठ नागरिक र ६ जना फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हाे।
भेरिखाेलाका जेष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण
प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस