
जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा हाम फालेर ७० भेडा मरेका छन्। गयराति अन्दाजी २ बजे तातोपानी ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा हाम फालेर मरेकाे बारागाउँका शिक्षक अमर रावतले जानकारी दिएका छन्। मगे रावत र सिउल रावत सहाेदर दाजुभाइ हुन्।
अस्थाई प्रहरी पाेस्ट ताम्ती टाेप्लाका अनुसार दुई भाइका १०२ भेडा मध्य राति भालुले लखेटेर एक पछि अर्काे गर्दै थुमलचाैरकाे भिरबाट हाम फालेर ७० भेडा मरेकाे भेटिएका छन्। यस्तै ३१ भेडा बेपत्ता छन् भने १ पाठाे जिउँदै भेटिएकाे छ। गाेठनै रित्ताे भएपछि भेडा पालक मगे रावत र सिउल रावत चिन्तित भएका छन्। जीवन धान्ने पेशा भेडा पालन राेजेका उनिहरुका् अहिले भेडाकाे सर्वनाश भएपछि विचल्ली भएकाे छ।
यता तातोपानी गाउँपालिकाका अध्यक्ष चाैंलागाईले पिडित किसान प्रति सहानुभूति प्रकट गर्दै राहतका लागि आवश्यक समन्वय गर्ने बताउन्छन्।
पालिका लगायत सराेकारवाला निकायबाट पिडितलाई राहत तथा पेशा पुनर्स्थापना का लागि खट्ने अध्यक्ष चाैंलागाईकाे प्रतिबद्धता छ।