जुम्लाको तातोपानी गाउँपालिकामा लैंगिक हिंसा विरुद्ध ३ दिने सचेतनामुलक तालिम सुरु भएको छ । तातोपानी गाउँपालिकाको आयोजना तथा महिला तथा बालवालिका शाखाको समन्वयमा पालिका स्तरीय लैंगिक हिंसा विरुद्ध ३ दिने सचेतनामुलक तालिम सुरु भएको हो ।
कार्यक्रममा हिंसा न्यूनीकरण लागि बनाइएका कानुन र तिनको कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गर्ने तथा पालिकाका सबै नागरिकलाई सचेत गर्ने तालिमको उद्देश्य रहेको तातोपानी गाउँपािलकाकि उपाध्यक्ष रेवती रावलले बताएकि छन् । तातोपानी गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला जनप्रतिनिधि, अगुवालाई तालिम दिएर गाउँ समाजलाई समेत बनाउने उदेश्य राखिएको उपाध्यक्ष रावलले बताइन् ।
यस्तै विशेष गरी पीडितले आफूलाई दरिलो गरी उभ्याउन नसक्नु, परिवारको सहयोग नपाउनु र उजुरी गरिसकेपछि पनि अदालती प्रक्रिया लामो, झञ्झटिलो र महँगो समेत हुने हुँदा निरन्तर न्यायका लागि पहल गर्न नसक्नु पनि लैंगिक हिंसा बढ्नुका कारण रहने गरेको छ । तालिममा सहभागीले सिकेका कुरा गाउँ समाजमा बाड्दै सबैखाले हिंसा र कुरिति विरुद्ध जुट्ने वातावरण बनाउनुपर्ने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतको तर्क छ ।
तातोपानी गाउँपािलकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले तालिम केवल औपचारिकतामा मात्रै सिमित नभएर उपलब्धिमुलक हुनुपर्ने बताए । प्रशिक्षक र सहभागीले तालिमलाई अर्थपुर्ण बनाउनुपर्नेमा अध्यक्ष चौंलागाईले जोड दिएका छन् । तालिम तिन दिन सम्म सञ्चालन हुने तातोपानी गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख शान्ति सेजुवालले बताएकि छन् । प्रशिक्षक नारायणी चौंलागाई र लक्ष्मीकन्या बुढा रहेको उनले बताइन् ।
तातोपानीमा लैंगिक हिंसा विरुद्ध तिन दिने सचेतनामूलक तालिम सञ्चालन
प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस