
जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ काे भवन शिलान्यास गरिएकाे छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेरा, उपाध्यक्ष जनमाया राेकाया, वडा अध्यक्ष दत्त बहादुर बुढा लगायतकाे उपस्थितिमा आज वडा कार्यालयकाे भवन शिलान्यास गरिएकाे हाे। पातारासी ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ काेठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताएका छन्।
कुल ४० लाख लागतमा १ तले भुकम्प प्रतिराेधि पक्की भवन निर्माणकाे काम अगाडि बढेकाे अध्यक्ष बाेहाेराले बताए। पातारासी गाउँपालिकामा भाैतिक संरचना समेत थपिदै गएकाे बताउदै अध्यक्ष बाेहाेराले पातारासी ५ मा निर्माण हुने वडा कार्यालयकाे भवनबाट सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।
पातारासी ५ का स्थानीय रत्न बुढा, हरि बुढा र मुनवहादुर बुढाले ८५० वर्गमिटर जग्गा वडाको नाममा निःशुल्क उपलब्ध गराएकाे वडा अध्यक्ष दत्त बहादुर बुढाले बताएका छन्। भाडाकाे घरमा चलिरहेकाे वडाले अब आगामी आर्थिक वर्षमा आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्ने वडा अध्यक्ष बुढाले बताए।
४० लाख लागतमा उपभोक्ता समिति मार्फत भवनकाे काम तीव्र गतिमा भइरहेकाे उनले बताए ।
गाउँपालिका भाडाकाे घरबाट सञ्चालन गर्नुपर्ने बाध्यताका बिच वडा कार्यालयकाे आफ्नै भवन निर्माण सुरु हुनु सुखद भएकाे पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताइन।