सडक र पुल निर्माणमा विलम्ब हुँदा पूर्वाधार कार्यालयलाई स्थानीयले बुझाए ध्यानाकर्षण -पत्र

जुम्ला एयरपोर्ट देखी भुलभुले सडक खण्डमा ठाउँ ठाउँमा कल्भर्ड नबन्दा वर्षायाममा सास्ती

जुम्लाको पातारासि गाउँपालिकाका स्थानीयवासिद्वारा पालिका भित्र संचालनमा रहेका सडक र पुल निर्माणलाई छिटोभन्दा छिटो अगाडि बढाउन भन्दै भाैतिक पुर्वाधार विकास कार्यालय जुम्लालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मंगलबार कार्यालयमै पुगेर कार्यालय प्रमुख पदम प्रसाद देवकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै पातारासिका स्थानीयवासि भत्तबहादुर बुढाले भने ,” पातारासि गाउँपालिकाहुदै मुगुको रारातालसम्म जाेड्ने सडक र लुममा निर्माण हुने पक्की पुलको ठेक्का छिट्टै अगाडि बढाई राेकिएका सडक निर्माणका कामलाई गति दिनु पर्छ। कार्यालयकाे गम्भीर ध्यानाकर्षण गराउनका लागि यहाँका स्थानीयवासिले ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको पातारासिका स्थानीयवासि भत्तबहादुर बुढाकाे भनाइ छ। ”
लुममा निर्माण हुने पक्की पुलको टेन्डरकाे काम अगाडि बढेको छ। ठिन्केहुदै रारा जाने सडक निर्माणलाई कार्यालयकाे मुख्य प्रथामिकतामा परेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस