जुम्ला पातारासी गाउँपालिकाकाे १२ औं गाउँसभाबाट १२ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भएकाे छ। पालिकाका काम कार्वाहीलाई चुस्त, दुरुस्त बनाउन तथा जनमुखी कार्यसम्पादनका लागि विभिन्न १२ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित गरिएको पातारासी गाउँपालिकाका सुचना अधिकारी दान बहादुर विष्टले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
पातारासीकाे १२ औं गाउँसभाबाट पातारासी गाउँपालिकाकाे भवन निर्माण सम्बन्धि मापदण्ड निर्देशिका, २०८०,पातारासी गाउँपालिकाकाे नतिजामा आधारित विद्यालय प्राेत्साहन अनुदान कार्यविधि, २०८०, पातारासी गाउँपालिकाकाे अपांगता भएका व्याक्तिलाई अधिकार सम्बन्धि नीति, २०८०, पातारासी गाउँपालिकाकाे नर्सरी स्थापना सञ्चालन तथा व्यवस्थापन निर्देशन, २०८०, पातारासी गाउँपालिकाकाे उच्च शिक्षा सञ्चालन कार्यविधि २०७७, दाेस्राे संशोधन २०८०, पातारासी गाउँपालिकाकाे कार्यसञ्चालन निर्देशिका २०८० पारित भएकाे उनले बताए ।
साथै पातारासी गाउँपालिकाकाे विपद् व्यवस्थापन काेष सञ्चालन कार्यविधि २०७७ पहिलाे संशोधन २०८०,
पातारासी गाउँपालिका अन्तर्गत उर्जा विकास उपसमिति गठन तथा सञ्चालन कार्यविधि २०८०, पातारासी गाउँपालिकाकाे विपद् पुर्व तयारी तथा प्रतिकार्य याेजना, २०८०, पातारासी गाउँपालिकाकाे स्थानीय विवद् तथा जलवायु उत्थानशील याेजना २०८०, पातारासी गाउँपालिकाकाे सडक आश्रित सहयाेगापेक्षी मानव उद्वार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि,२०८० र पातारासी गाउँपालिकाकाे बालमैत्री आचारसंहिता, २०८० पारित गरिएको छ।
पातारासी गाउँपालिकाकाे शैक्षिक स्तर उकास्न पातारासी गाउँपालिकाकाे नतिजामा आधारित विद्यालय प्राेत्साहन अनुदान कार्यविधि, २०८०, ल्याइएकाे पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताइन। अनुदान लिन विद्यालय बिच प्रतिस्पर्धा हुने छ। जसले पातारासीका सामुदायिक विद्यालयकाे शैक्षिक स्तर मजबुत बन्दै जाने छ, उपाध्यक्ष राेकायाले भनिन्। एसइइमा ए प्लस ग्रेड ल्याउने प्रति विद्यार्थी ५० हजारका दरले विद्यालयलाई अनुदान दिइने छ। यस्तै न्युनतम ५ जना विद्यार्थीले ए ग्रेट ल्याएकाे विद्यालयलाई ४० हजार र साे भन्दा बढि विद्यार्थीले ए ग्रेड ल्याएमा प्रति विद्यार्थी ४ हजारका दरले विद्यालयलाई अनुदान दिइने सुचना अधिकारी दान बहादुर विष्टले बताए । छात्रा, दलित, जनजाति, फरक क्षमता भएका अधिकतम् १० जनाले बि प्लस ग्रेड ल्याएमा साे विद्यालयलाई ३० हजार अनुदान दिइने उनले बताए। विद्यालयमा जाने अनुदान रकमकाे ४० प्रतिशत शिक्षक प्राेत्साहन, ४० प्रतिशत विद्यालय व्यवस्थापन र २० प्रतिशत विद्यार्थी प्राेत्साहनमा खर्च हुने नतिजामा आधारित विद्यालय प्राेत्साहन अनुदान कार्यविधि, २०८० मा व्यवस्था गरिएकाे उनले बताए।
पातारासीमा १२ औं गाउँसभाबाट १२ विधेयक पारित
नतिजा हेरेर मात्रै प्राेत्साहन अनुदान दिइने
प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस