जुम्लाकाे लर्मी गाउँमा भिरबाट खसेर एक जनाको मृत्यु

जुम्लाको तिला गाउँपालिकाका एक जनाको जंगलमा दाउरा ल्याउन जाँदा भिरबाट खसेर मृत्यु भएको छ। तिला गाउँपालिका- २ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको जंगलमा दाउरा काट्न गएका बेला लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेशबहादुर चन्दले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो दाउरा ल्याउन भन्दै जंगल गएका रावत मृत फेला परेका हुन्।
‘दाउरा ल्याउन घरबाट बिहान निस्केका रावत राति अवेरसम्म पनि नफर्किँदा स्थानीय खोजी गर्ने गएका थिए,’ उनले भने। ‘स्थानीयले खोजी गर्दा पनि रावतलाई नभेटाएपछि प्रहरीलाई जानकारी गराएका थिए।
स्थानीयको सूचनाको आधारमा जंगलमा खोज्न जाँदा रावत मृत फेला पारेका थिए।
रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र पोष्ट मार्टमपछि आफन्तको जिम्मा लगाइने उनको भनाइ छ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस