जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ७ ताम्तीकाे दारिमटाकुरामा झुलुंगे पुल निर्माण सम्पन्न भएकाे छ। भेरिखाेलाका दारिमटाकुरामा पुल निर्माण सम्पन्न भए पछि आज तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले उद्घाटन गरेका छन्। ६९ मिटर लम्बाईकाे पुल ४२ लाख ९५ हजार ६ सय १९ रुपैयाँमा निर्माण भएकाे हाे। पुल सञ्चालनमा आएपछि ताम्ती गाउँका स्थानीयलाई आवतजावतमा राहत भएकाे छ।
ताम्तीकाे विद्युत गृह नजिकै पहिले काठेपुल थियाे, जहाँ स्थानीयले बनाउने र बाढीले बगाउने क्रम चलिरहेको थियाे। बाढीले तीन पटक बनाएका काठेपुल बगाएकाे थियाे। अहिले साेहि स्थानमा झुलुंगे पुल निर्माण गरिएकाे तातोपानी ७ का वडा अध्यक्ष तिलक रावतले जानकारी दिएका छन्। साे पुलबाट २ सय १९ घरधुरी लाभान्वित हुने छन्।
ताम्तीका स्थानीयकाे जग्गा, जमिन र केही घर समेत रहेकाे गाडापारिलाई जाेड्न झुलुंगे पुल निर्माण गरिएकाे वडा अध्यक्ष रावतले नयाँ कर्णालीलाई जानकारी दिए।
वर्षायाममा नदि बढेपछि गाडापारी पुग्न अर्काे ठाउँबाट घण्टाैं हिड्नुपर्ने समस्या समाधान भएकाे भन्दै स्थानीय बिरजिते रावतले बताए।
तातोपानी ७ सर्मी गाउँकाे पिपल चाैरमा समेत झुलुंगे पुल निर्माणाधीन रहेकाे छ। यश पुलमा तातोपानी गाउँपालिकाकाे ५ लाख ५८ हजार ४ सय ३० रुपैंया, समुदाय(श्रमदान )बाट २० लाख ८६ हजार ६ सय ५० रुपैयाँ, एस डब्लु एस पि बाट ३३ लाख ७० हजार १ सय १७ रुपैयाँ र बस्तुगत अनुदान २ लाख ८१ हजार १ सय उनानसाठ्ठी बजेट रहेकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले जानकारी दिएका छन्।
भेरीखाेलाकाे दारिम टाकुरामा झुलुंगे पुल निर्माण, आवतजावतमा राहत
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस