पातारासीका वडा र स्वास्थ्यचौकीमा छड्के, १० कर्मचारीमा ९ अनुपस्थित !

अनावश्यक बिदा बस्नेकाे तलब काटिने

जुम्लाकाे पातारासी गाउँपालिकाकाे टिमले वडा पालिका र स्वास्थ्य चाैकिमा छड्के अनुगमन गरेकाे छ। सेवा प्रवाह बुझ्न पातारासीका ७ वटै वडा पालिका र सबेै स्वास्थ चाैकिमा छड्के अनुगमन गरिएको हाे। कर्मचारी कार्यालयमा समयमै उपस्थित नहुने, सेवा प्रवाह प्रभावित भएकाे र सेवा ग्राहिले दुख पाएकाे जनगुनासाे बढेपछि आज छड्के अनुगमन गरिएकाे पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताएकि छन्।
सबै वडा र स्वास्थ चाकिमा पालिकाकाे टिम छड्के अनुगमनमा पुग्दा कर्मचारीकाे लापरबाही देखिएकाे उपाध्यक्ष राेकायाले जानकारि दिइन। एउटा स्वास्थ चाैकिमा त १० जना कर्मचारी मध्य कार्यालय सहयाेगि बाहेक ९ जना अनुपस्थित रहेकाे पाइयाे। कतै हाजिर समेत नगरेकाे भेटियाे। बिगतमा पनि अनुगमन गरिएकाे थियाे, कर्मचारीलाई सुध्रन निर्देशन दिइएकाे हाे, तर कार्यान्वयनमा आएन, पालिकामै कर्मचारीलाई बाेलाएर बारम्बार सच्चिन निर्देशन दिइएकाे थियाे, तर पनि टेरेकाे अवश्या देखिएन। आवश्यक विदा बाहेक हाजिर नहुने कर्मचारीकाे तलब कट्टा हुने छ। याे गाउँपालिकाका कर्मचारीकाे हकमा समेत लागू हुने हाे। उपाध्यक्ष राेकायाले भनिन्।
वडाका जनप्रतिनिधि समेत अनुपस्थित रहेकाे उनले नयाँ कर्णालीलाई जानकारी दिइन।
उपाध्यक्ष राेकायाकाे नेतृत्वमा छड्के अनुगमनमा गएका पातारासी ५ का वडा अध्यक्ष दत्त बहादुर बुढा
भन्छन्, स्वास्थ चाैकि पुग्ने बिरामी रित्तै फर्कनु परेकाे छ, वडाका सेवाग्राही समेत मर्कामा छन्। एकातिर समय खेर गइरहेकाे छ, अर्काेतिर नागरिक सेवा बाट बञ्चित हुनु पर्दा नागरिकमा आक्राेश छ। कर्मचारी आफ्नाे कर्तव्यपालनमा चुक्न नहुने वडा अध्यक्ष बुढाले बताए ।
प्राय वडा र स्वास्थ्य चाैकि कार्यालय सहयाेगीले खाेलेकाे तर कर्मचारी अनुपस्थित रहेकाे पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दान बहादुर शाहिले बताए। अनावश्यक रुपमा अनुपस्थित हुने र सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारीकाे गयल अनुसार तलब काटिने समेत उनले बताए।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस