25Shares
मौरी मानिसका लागि लाभदायी किरा हो । माहुरीका अतिरिक्त रेशम किरा र लाहा किराको खेती नै गरिन्छ । माहुरीले मह दिन्छ भने लाहा किराले सिलबन्दीका लागि आवश्यक सिल वा लाहा प्रदान गर्दछ ।
माहुरी एपिस सेरेना र एपिस मेलिफेरा गरी मुख्यतः २ प्रजातिका हुन्छन् । यिनमा उपप्रजाति पनि थुप्रै पाइन्छन् । एपिस सेरेना आकारमा साना र बढी चिल्ने वा टोक्ने प्रवृत्तिका हुन्छन् । यसको तुलनामा एपिस मेलिफेरा कम चिल्ने र शान्त प्रकृतिको हुन्छ ।
जुनसुकै प्रजातिका भए पनि माहुरीका केही साझा चरित्रगत विशेषता हुन्छन् । तीमध्ये माहुरीको सामूहिक बसाइ हुन्छ । रानी माहुरी, भाले माहुरी, कर्मी माहुरी गरी तीन भिन्न तह हुन्छ । रानीले सिंगो गोलाको हेरचाह गर्ने, सुपरीवेक्षण गर्ने, फूल पार्ने र अभिभावकत्व लिने गर्दछन् ।
माहुरीले एक किलो मह बनाउन फूलहरू खोज्दै डुल्दा पार गरेको कुल दूरी जोड्ने हो भने पृथ्वीको वरिपरि सात फन्को मार्न सकिन्छ
भाले माहुरी रानी माहुरीसँग संसर्गका लागि मात्र पालिएका हुन्छन् । तिनले मह जम्मा गर्ने काम गर्दैनन् । रानी माहुरीसँग संसर्गमा आउने भाले माहरी रानीसँग संसर्ग हुनासाथ मरिहाल्छ । त्यसैले यसलाई ‘पाण्डु माहुरी’ पनि भन्ने चलन छ ।
गोलाबाट छुट्टिएपछि बाहिर आएर रूख वा भूइँमा बसेलगत्तै पाइलट माहुरीलाई छानिएकामध्ये उचित घारको छनोट गर्न पठाइन्छ । पाइलट माहुरीले घार छनोट गरेर आएपछि उडेर सिंगो गोलो त्यहीं पुग्छन् । यसले घारको प्रकृति, दूरी, खाद्य सामग्री उपलब्धता आदिको सर्वेक्षणसमेत गरेर आउँछ ।
नयाँ रानी माहुरी निर्माणका लागि रानी माहुरीले रानी कोषमा फुल पार्न चाहेन भने कर्मी माहुरीले उसलाई बाध्य बनाउँछन् । यस अर्थमा माहुरीको घारमा विकेन्द्रीकरण प्रशासन पनि हुन्छ । त्यसैगरी रानी हराएको, मरेको वा नभएको गोलामा नयाँ रानी माहुरी राखिदिँदा स्वीकार गर्दछन् ।
माहुरीको गोलाको तापक्रम ३० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ । १५ डिग्री सेन्टिग्रेड तापक्रममा माहुरी क्रियाशील हुन सक्दैन । ताप केही बढी नै चाहिन्छ । कर्मी माहुरीले आफ्ना दुस्मन वा मानिस आदिलाई चिले भने खिल चुडिँदा माहुरीको नै मृत्यु हुन्छ । यो खिलबाट माहुरीले दुस्मन वा मानिसको शरीरमा ‘एलार्म फेरोमेन’ भन्ने रसायन निस्कासन गर्दछ ।
सय ग्राम मह बनाउन माहुरीले १० लाख फूल चहार्नुपर्छ । यो मिहिनेत माहुरीका लागि आफंैमा अविश्रान्त कर्म हो । माहुरीले १ किलो मह बनाउन फूलहरू खोज्दै डुल्दा पार गरेको कुल दूरी जोड्ने हो भने पृथ्वीको वरिपरि ७ फन्को मार्न सकिन्छ । १ किलोग्राम महमा ३२ सय क्यालोरी शक्ति हुन्छ । यो क्यालोरी शक्ति भनेको ६५ वटा अन्डाबराबरको हुन्छ । स्याउसँग तुलना गर्ने हो भने १२ किलो स्याउ बराबर हुन्छ ।
राजधा