तातोपानीमा बाल अधिकार संरक्षण र प्रवर्द्धन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

जुम्लाकाे तातोपानी गाउँपालिका मा कार्यरत संघ सस्था, नागरिक समाज र सरकारी निकाय बिच बाल अधिकार तथा बाल प्रवद्धन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भयको छ ।यस कार्यक्रममा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग, किर्डाक नेपाल जुम्ला द्धारा संचालित सहयात्रा तेसो परियोजनाको समन्वय र राष्ट्यि मानव अधिकार आयोग जुम्लाको सहजीकरण यो कार्यक्रम संचालन गरियको थियो ।
बाल अधिकारका सिद्धान्त, कानुनी ढाँचा तथा राज्य र संस्थाको भूमिकामा साझा बुझाइ विकसित गर्नु ,सरकारी निकाय, नागरिक समाज, शिक्षक, समुदाय र स्थानीय संरचनाबीच समन्वय र सहकार्य बढाउने कुरामा छलफल भएकाे छ।
बाल संरक्षण, अनुगमन तथा सेवाप्रवाहमा एकीकृत कार्ययोजना तयार पार्नु का साथै बालअधिकारको संरक्षण र प्रबद्र्धनका साथै कानुन कार्यन्वयनमा नागरिक समाजको भुमिका कस्ताे हुने, बाल अधिकार संरक्षणमा सरकारी तथा गैससहरुको भुमिका बारे जानकारी बारे जानकारी प्रदान भयको थियो । यसको कार्यक्रमको सहजीकरण राष्ट्यि मानव अधिकार आयोग जुम्ला मुगु प्रमुख कल्पना नेपाल आचार्यले सहजीकरण गरेकि थिइन ।
तातोपानी गाउँपालिका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा बाल कल्याण अधिकारी शान्ती भक्री सेजुवालको भनाई अनुसार यस गापा मा बालबालिका तथा महिला ज्येष्ठ नागरिक, अपांगताको क्षेत्रमा अनुसरणीय कार्य भएकाे छ। बालबालिकाका कुनै समस्या परेको बेलामा तत्काल उद्धार सहयोगका लागि बाल कोष स्थापना तथा परिचालन भयको उनले बताइन।
बालबालिका सम्बन्धी निती तथा कायबिधी निमार्ण गरि कार्यान्वयनमा ल्याउकाे उनकाे दाबी छ । यसमा पनि तातोपानी गाउँपालिका लाई बाल मैत्री स्थानीय शासन वडा र पालिका गर्नेका लागि सेभ द चिल्ड्रेन र किर्डाक नेपाल सहयात्रा तेसो परियोजनाले सहयोग गरेको छ ।
नागरिक समाज संयोजक प्रेम बहादुर अधिकारीले पालिकामा सबै प्रकारका हिंसा दुव्र्यवहार अन्त्य गर्नु र सामुहीक कार्ययोजना निमार्ण गरि जानु सबैको जिम्मेवारी रहेकाे बताए। किर्डाक नेपाल तातोपानी कलष्टरका प्रमुख राम बहादुर रावतले बाल अधिकार शिक्षा स्वास्थ्य र जलवायु परिर्वतन मा नागरिक समाजले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस