जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्तीमा सम्पन्न अन्तर मावि स्तरीय वक्तृत्वकलामा टाेप्लाकि दिव्या शाही प्रथम भएकि छन्। तातोपानी ७ ताम्तिस्थित जनजागृति माद्यामिक विद्यालयमा सामाजिक रुपान्तरणका लागि संस्कारकाे महत्त्व शीर्षकमा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ। ५ जना प्रतिस्पर्धीबाट कालिका मावि टाेप्ला कि दिव्या शाही प्रथम भएकाे जनजागृति मावि ताम्तिका प्रअ गाेपाल सुनारले बताए ।
यस्तै कालिका मावि टाेप्लाका सुरत शाही द्वितीय र जनजागृति मावि बारागाउँ मनिता रावत तृतीय भएकि छन्।
प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार