तातोपानी गाउँपालिकाले ३३ सय घरधुरीकाे बिमा गर्याे

पालिकाले तिर्याे, बिमा रकम, विपन्नलाई राहत

मंसिर २५, २०८०

जुम्लाकाे ताताेपानी गाउँपालिकाले पालिकाभरका ३ हजार ३ सय घरकाे बिमा गरेकाे छ। आठ वटा वडा रहेकाे तातोपानीका कुल ३ हजार ३ सय घरधुरीकाे पालिकाले बिमा गरिदिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताएका छन्। प्राकृतिक विपद् बाट घरमा हुन सक्ने हानी नाेक्सानिलाई मध्यनजर गरेर बिमा गरिएकाे अध्यक्ष चाैंलागाईले जानकारी दिएका छन्। भुकम्प, आगलागी, चट्याङ र बाढि पहिराे आदिबाट घरमा क्षति भएकाे खण्डमा बिमितले ५ लाख क्षतिपूर्ति पाउनेगरि बिमा गरिएको हाे।
सबै घरकाे बिमा शुल्क गाउँपालिकाले तिरेर बिमा गरिएकाे छ। जुम्लामा रहेकाे शिखर इन्स्योरेन्स सँग सम्झाैता गरि बिमा लागू भएकाे अध्यक्ष चाैंलागाईले जानकारी दिएका छन्। विपन्न नागरिकाे अवश्या मध्यनजर गरेर बिमाकाे सम्पूर्ण खर्च पालिकाले व्यहाेरेकाे छ। बिमा गरेबापत काे रकम हरेक वर्ष गाउँपालिकाले तिर्ने छ, भाेलिबाट पालिकाका प्राविधिक प्रत्येक घरकाे अवश्या बुझ्न र तथ्य संकलनमा जुट्नेछन्, अध्यक्ष चाैंलागाईले भने। उनकानुसार पाँच लाख भन्दा बढिकाे बिमा गर्न चाहने घरधनिले आफै बिमा गर्नु पर्ने छ।

याे भन्दा अगाडि घरहरुमा क्षतिहुँदा प्रदेश, संघ सरकार र अन्य कुनैठाउँबाट सहयाेग नजुटेपछि विपन्न नागरिकले घरमा क्षति हुँदा दुख नपाउन भन्ने उदेश्यले बिमालाई अघि सारिएकाे अध्यक्ष ले बताए ।
निकट भविष्यमा पालिकामा निर्माण भएका भाैतिक संरचनाकाे बिमा गर्ने बारे समेत छलफल भएकाे अध्यक्ष चाैंलागाईकाे भनाई छ। भवितव्यमा हानी नाेक्सानिकाे क्षतिपूर्तिका लागि बिमा उपयुुक्त विकल्प भएकाेले पालिकाका सबै घरहरुकाे बिमा गरिएको उनले बताए । याे बिमाले विपन्न का लागि राहत महसुस हुने अपेक्षा गरिएकाे छ।
पाँचलाख बराबरको बिमाका लागि प्रतिघर ४ सय ६६ रुपैयाँ शुल्क लाग्ने शिखर इन्स्योरेन्स का कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताएका छन्। घरमा आगलागी, भुकम्प, बाढिपहिराे र चट्याङकाे जाेखिम हुने हुँदा बिमा गर्नु उपयुक्त हुने उनले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस