
जुम्लाकाे तिला गाउँपालिकाले समाजमा विद्यमान कुरीति र लैंगिक हिंसा विरुद्ध अभियान चलाएकाे छ। तिला गाउँपालिका, महिला तथा बालबालिका शाखा, भेरिखाेला मल्टिप्रपाेज मिडिया प्राली, किर्डाक नेपाल, सर्वाेदय नेपालकाे संयुक्त अभियान तिलाका बस्ती बस्ती, र विद्यालयमा चलाइएको छ।
तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले नेतृत्व गरेकाे अभियानले सभ्य र सुसँस्कृत समाज निर्माणकाे अपेक्षा राखिएको छ। गरीबी,अशिक्षा, अन्धविश्वास र पछाैटेपनका कारण समाज अहिले पनि कुरीति र लैंगिक हिसाकाे सिकार भइरहेकोले यसका विरुद्ध अभियान चलाउनु परेकाे तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले बताएकि छन्।
अहिले पनि गाउँघर मा पुग्दा किशोरीले बच्चा जन्माएका भेटिन्छन्, बच्चाले बच्चा जन्माउदा उसकाे शारीरिक, मानसिक र समाजिक अवश्था कस्ताे हुन्छ, याे आफैमा गम्भीर सवाल हाे, उपाध्यक्ष बुढाले भनिन्। आफ्नाे कार्यकालमा समाज सभ्य बनाउने अठाेट लिइएकाे उपाध्यक्ष बुढाकाे भनाई छ।
सामाजिक विकास विना भाैतिक विकास दिगाे र पूर्ण नहुने उपाध्यक्ष बुढाले बताएकि छन्। कानुनले अपराध मानेकाे बालविवाह, छुवाछुत, दाइजाे तथा लैंगिक हिंसाबाट समाज प्रताडित छ, यसकाे उन्मुलनमा समयमै नसाेचिने हाे भने गम्भीर अवश्था सृजना हुने देखिन्छ। उपाध्यक्ष बुढाले भनिन। स्थानीय सरकारले यसका बारेमा चासाे र चिन्ता राख्नै पर्ने उनकाे तर्क छ।
नागरिककाे नजिककाे सरकार नै स्थानीय सरकार भएकाेले समाजलाई सहि मार्गमा हिडाउने यत्नमा सबै शक्ति जुट्नु पर्ने उपाध्यक्ष बुढाले बताइन। समाज रुपान्तरण र परिवर्तन कठिन छ, तर असम्भव छैन, अहिले तिला गाउँपालिकालाई सभ्य बनाउन हामी अहाेरात्र खटिरहेका छाैं। उनले भनिन्।
कुरीति र लैंगिक हिंसा विरुद्धकाे अभियानकाे साथमा तिला गाउँपालिकाभर सचेतनाका कार्यक्रम गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख गाैरी थापाले बताइन। चेतनाकाे स्तर कमजोर भएकाेले विभिन्न घटना घटिरहेकोले पालिकाभरि कुरीति विरुद्ध सडक नाटक समेत प्रदर्शन गरिएकाे उनले बताइन। याे स्थानीय सरकार, नागरिक, गैरसरकारी संघसंस्था( किर्डाक र सर्वाेदय) नेपाल, भेरिखाेला मल्टिप्रपाेज मिडिया प्राली र सराेकारवालकाे साझा अभियानका रुपमा लिइएको छ। उनले भनिन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सँगसँगै अन्य कुरीति विरुद्ध समेत सचेतना फैलाइएकाे छ।
आज अभियानकाे अन्तिम दिन सीता माद्यामिक विद्यालय रारामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरि समापन गरिएको छ। अभियानलाई प्रभावकारी र सफल बनाउन सहयाेग गर्ने भेरिखाेला मल्टिप्रपाेज मिडिया प्राली लाई पालिकाले सम्मान गरेकाे छ। साथै कर्णाली कला केन्द्र, किर्डाक नेपाल, सर्वाेदय नेपाललाई समेत कदर पत्र मार्फत सम्मान गरिएकाे तिला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख गाैरी थापाले बताएकि छन्।