तिलामा कुरीति विरुद्धकाे अभियान राराबाट सुरु

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान

देशभरझै जुम्लाका स्थानीय तहले लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान आज बाट सुरु गरेका छन् । जिल्लाकाे तिला गाउँपालिकाले रारागाउँबाट १६ दिने अभियान आज बाट सुरु गरेकाे छ।
तिलाकाे रारा गाउँबाट ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सुरु गरिएको तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले बताइन। कार्यक्रममा बाेल्दै उनले १६ दिने अभियानमा लैंगिक, हिंसा, बालविवाह, करीति र कुसँस्कार विरुद्ध ठाउँ ठाउँमा पुगेर जनचेतनामूलक सडक नाटक समेत प्रदर्शन गरिने उपाध्यक्ष बुढाले बताइन।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । सामाजिक रुपान्तरण र समृद्धिका लागि समतामूलक समाजकाे आवश्यकता रहेकाे तिला गाउँपालिकाकि प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले बताएकि छन्।
अभियानको सन्दर्भमा नयाँ कर्णाली मिडिया र गैरसरकारी क्षेत्र सँगकाे सहकार्यमा पालिकामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुने तिलाकि महिला तथा बालबालिका शाखा प्रमुख गाैरी थापाले बताएकी छन्।
सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताइन । ‘

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस