जुम्लामा सडक सुरक्षा सम्बन्धि ट्राफिककाे सचेतना सप्ताह सुरु

चाडपर्व लक्षित शान्ति सुरक्षाका लागि २ सय ३० सुरक्षाकर्मी परिचालन

असाेज २४, २०८०

जुम्लामा आजबाट सडक सुरक्षा र ट्राफिक सचेतना सप्ताह सुरु भएकाे छ। सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्तर्गत सडक सुरक्षा र ट्राफिक सचेतना सप्ताह सुरु भएकाे हाे।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले
सडक सुरक्षा र ट्राफिक सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । सडक दुर्घटना बाट मृत्युु हुने र घाइतेहुनेकाे सङ्ख्या बढिरहेकाे परिप्रेक्षमा सडक सुरक्षालाई ध्यान दिनुपर्ने उनकाे भनाई छ।
चालककाे लापरबाही, यात्रुकाे हेलचँक्र्याई, सडककाे अवश्था, माैसमकाे कारणले दुर्घटना निम्त्याउने गर्छ। सबैभन्दा बढि चालककाे लापरबाही र तीव्र गति प्रमुख कारण हुन्। प्रजिअ घिमिरेले बने। नियमपालना र दायित्व बाेध गर्नसके दुर्घटना न्युनिकरण हुने उनकाे तर्क छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले विद्यालय स्तरमा सञ्चालित सचेतता कार्यक्रमले दुर्घटना न्युनिकरणमा टेवा पुर्याएकाे बताए। यस्तै बिना लाइसेन्स सवारी हाक्नाले दुर्घटना निम्तिएकाेले यसप्रति ट्राफिक प्रहरी चनाखाे हुनुपर्ने उनले बताए।
जुम्लामा दशैं तिहार लगाएतका चाडपर्व लक्षित शान्ति, सुरक्षा र अमनचयनका लागि जुम्लामा २ सय ३० जना प्रहरी परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रल्हाद कार्कीले जानकारी दिएका छन्। चाडपर्व शान्त र मर्यादित भएर मनाउन उनकाे आग्रह छ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस