असाेज १३, २०८०
बुवा सरकारी जागिरे। जीवन सुरक्षित बनाउन सरकारी जागिर नै गर्नुपर्छ भन्ने सोच राख्ने जुम्लाको एक परिवारमा जन्मिएका थिए,गुठिचाैर ५ का दिपेन्द्र भण्डारी । परिवारको यही प्रोत्साहनका कारण २६ वर्षका दिपेन्द्र भण्डारी आफुलाई लोक सेवाको परीक्षामा अब्बल साबित गर्दै शाखा अधिकृत बनेका छन् । त्यो पनि पहिलो प्रयासमै।
दिपेन्द्र सानैदेखि तीक्ष्ण विद्यार्थी थिए। कक्षामा सधैँ टप टेन भित्रै पर्थे। स्कुलमा एकसरो पढेकै उनका लागि पर्याप्त हुन्थ्यो। कहिल्यै घरमा ध्यान दिएर पढेको उनलाई सम्झना छैन। एसएलसी जुम्लाकाे कनिका निशा मा.वि. बाट उतिर्ण गरेपछि ११/१२ मा विज्ञान पढ्न थाले।
११/१२ मा बिज्ञान बिषयमा प्रथम श्रेणि मा उत्तीर्ण गरेका दिपेन्द्रले खोपा इन्जिनियरिङ्ग कलेज मा इन्ट्रान्स उत्तीर्ण गरि भर्ना को लागि योग्य देखिए। तर उनका बाबु ले दोर्सो बिबाह गर्दा उनको पढाइ मा बाधा पुग्न गयो । उनको इन्जिनियर बन्ने सपना अधुरो हुन गयो । बुवाकाे अनपेक्षित कदमले सपना चकनाचुर भएपछि उनले आर्थिक संकटकाे नमिठाे अनुभव लिन बाध्य भए।
तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ उनि लोकसेवा तयारीमा कस्सिएर लागे । उनले पहिलो पटक २०७४ सालमा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यालय सचिब (पाचौ तह) मा नियुक्त भई काम गरे । यसपछि भने पठनपाठनका लागि केही राहत भयाे। २०७६/०९/०८ मा स्थानिय तह को विज्ञापनमा पातारासी गाउपालिकामा सिफारिस भए ।
निजामती क्षेत्रमा पाइला टेकिसकेका दिपेन्द्रकाे यात्राले उपलब्धिकाे ग्राफ बढाउने संकेत गरिसकेकाे थियाे। नियुक्ति पस्चात पातारासी गाउँपालिकाका युवा कर्मचारी सँगकाे घनिभूत संगत,छलफल र विचारविमर्श उनकाे जिवनमा सम्झिन लायक पाटाे बन्याे। पातारासि गाउँपालिकाका इन्जिनियर नवीन शाही, आलेप प्रकाश न्यौपान, नरेन्द्र भन्डारी(सहायक पाचौ) र लेखा सहायक केशव न्यौपाने सँगकाे सहकार्य र सँगत यादगर रहेकाे दिपेन्द्र सम्झन्छन।
उनिहरुको ५ जनाकाे समूह यस्तो बन्न पुग्यो, जुन समुहकाे सँगत, सहकार्य र सद्भावले उचाइ लिदै गयाे। मित्रताकाे डाेरि थप मझबुत बनायाे जुम्ला खलंगाकाे फुटसलले। संयाेग पनि कस्ताे, जागिर प्रवेश र जुम्लामा फुटसल स्थापना सँगै भयाे। जुम्लामा रहेको फुट्सलमा फुर्सद को समय रम्ने र जमघट हुने केन्द्र बन्याे। प्राय जसो कार्यालय समय बाहेक र सार्बाजनिक बिदाको दिन फुट्सल मै समय बित्न थाल्याे । फुट्सलकाे साैख बिस्तार लतमा परिणत भइरहेकाे थियाे। वर्तमान विश्व फुटबलका महान खेलाडी लियाेनल मेस्सी र राेनाल्डाेकाे पक्ष विपक्षा सहुमा अनेक हासिमजाक र चर्चा चल्थ्याे फुटसलमा।
यहि बिचमा २०७८ तिर शाखा अधिकृत को बिज्ञापन भयाे। दिपेन्द्र पहिलो पटक शाखा अधिकृतकाे परिक्षामा सहभागी भई उत्तीर्ण पनि भए ।
विज्ञापन भएकाे दिनबाट परिक्षा तयारी थालेका यिनै दिपेन्द्र शाखा अधिकृतमा सिफारिस भएका छन्। मात्रै तीन महिने तयारी दिपेन्द्रका लागि शाखा अधिकृत बन्न प्रयाप्त भयाे। अहिले उनी शाखा अधिकृत बनेकाे अप्रत्याशित खबरले सबै दँग छन्। यद्यपि सानैदेखि तिक्ष्ण विद्यार्थी दिपेन्द्रकाे निजामती क्षेत्रमा सुखद अवतरण भएकाे उनका साथिसर्कलकाे तर्क छ।
आर्थिक वर्ष २०७८/०७९ को शाखा अधिकृत को विज्ञापनमा खुला तर्फ ४१ नम्वरमा प्रशासन तर्फ जुम्ला बाट सिफारिस हुने एक मात्र जुम्ली रहे र जुम्लाको प्रतिनिधित्व गरे । अहिले उनी भन्छन्, लगाव राख्नुपर्छ, धैर्य गर्नुपर्छ, के थाहा? सफलता दुई पाइलाकाे दुरिमा पनि हुन सक्छ।