साउन ५, २०८०
जुम्लाकाे त्रिवेणी-टाेप्ला सडक खण्डकाे सुर्किमा पहिराे खस्दा नदि थुनिएकाे छ। तातोपानी गाउँपालिका ७ सुर्किकाे कंयरकाेट छेउमा पहिराे जाँदा नदि थुनिएको हाे। बिहिवार काे अविरल वर्षा पछि सडक माथिबाट पहिराे खसेर नदि थुनिएको तातोपानी ७ का वडा अध्यक्ष तिलक रावतले जानकारी दिएका छन्।
पहिराेले सडक अवरुद्ध हुनुका साथै नदि थुनिएर खेल मैदान तहसनहस हुने जाेखिम बढेकाे वडा अध्यक्ष रावतले बताएका छन्।
भेरिखाेला हुँदै बग्ने नदि छेउमा बनेकाे खेलमैदानमा पानी पस्दै छ, समयमै नदि नखाेले पानी बढ्न सक्छ, जग्गा र खेलमैदान तहसनह हुने जाेखिम छ। अध्यक्ष रावतले नयाँ कर्णाली सँग भने।
यता सडक डिभिजन जुम्लाले पहिराे खुलाउने तयारी थालेकाे छ। वर्षाले ठाउँ ठाउँमा समस्या आउदा मेसिन कर्णाली राजमार्ग तिरै छन्, भेरिखाेलामा पनि पहिराे खसेकाे खबर पुगेकाे छ, आसपासमा मसिन खाेज्दै छाैं। सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले भने।
पहिराे पन्छाउन सडक डिभिजन सँग समन्वय गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताएका छन् । नदि थुनिएकोले सर्मीनुवाकोट,रावतबाडा र साँपुल्ली गाउँका स्थानीयलाई सतर्क हुन जरुरी रहेकाे अध्यक्ष चाैंलागाईले बताएका छन्।
भेरीखाेलाकाे सुर्किमा पहिराेले नदि थुनियाे, सडक अवरुद्ध
त्रिवेणी-टाेप्ला सडक खण्ड अवरुद्ध
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस