पातारासीमा पर्यटकीय क्षेत्रकाे पहिचान गरि पर्यटन प्रवर्द्धन गरिने

असार १०, २०८०

जुम्ला खलंगाबाट पुर्वमा पर्ने पातारासी गाउँपालिकामा धार्मिक एवं पर्यटकीय क्षेत्रकाे पहिचान गरि पर्यटन प्रवर्द्धन गरिने नीति लिइएकाे छ। आज पातारासीकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले पातारासिमा धार्मिक र पर्यटकीय क्षेत्रकाे पहिचान गरि पर्यटन प्रवर्द्धन गरिने नीति लिइएकाे जानकारी दिएका छन्।
पातारासी भित्रका तालतलैया, देवस्थल, ऋणमाेक्ष माई, पटमारा चुली, पेरेकाे शङ्कर झरना, गाेठेला झरना, घारीखाेला धार्मिक स्थल र पातारासी हिमाललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने अध्यक्ष बाेहाेराले बताएका छन्।
सम्भावना भएका वडाका बस्तीमा पर्यटन लक्षित हाेमस्टेकाे स्थापना गरि संचालन तथा प्रभावकारी व्यवस्थापन गर्न उत्प्रेरित गरिने नीति लिइएकाे अध्यक्ष बाेहाेराले जानकारी दिए।
यस्तै गाउँपालिकामा सञ्चालनमा रहेका विभिन्न कृषि फर्म पशुपालन र एग्राे रिसाेर्ट जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय गतिविधि सँग आवद्व गर्ने तथा आयआर्जन वृद्वि गर्ने नीति लिइएकाे अध्यक्ष बाेहाेराले बताए ।
यसै बिच पातारासी गाउँपालिकाले आजै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकाे छ। पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले आर्थिक वर्ष २०८०/०८१ का लागि पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार रुपैँयाकाे बजेट प्रस्तुत गरेकि छन्।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस