
असार २, २०८०
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ४ ले १ सय २७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेकाे छ।
तातोपानी ४ नम्बर वडा कार्यालयले वडा भित्रका हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेको वडा अध्यक्ष अमर बहादुर राेकायाले बताएका छन्।वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार लक्षित वर्ग कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई हिँडडुल गर्नका लागि लट्ठी तथा हर्लिक्स र आयुर्वेदिक औषधि वितरण गरिएको हो।
एक जेष्ठ नागरिकबराबर एक हजार ८०२ रुपैयाँको लट्ठी, पाँच सय रुपैयाँको हर्लिक्स र दुई सय रुपैयाँको आयुर्वेदिक औषधि वितरण गरिएको वडा सचिव टिकराज न्यौपानेले बताए।
‘१२७ जेष्ठ नागरिकलाई तीन लाखबराबरको सहायता सामग्री वितरण गरिएको हो,’ उनले भने।
प्रकाशित मिति : २०८० असार २ गते शनिवार