जेष्ठ ७, २०८०
मार्सी धानको प्रर्वद्धनका लागि आज पातारासीको छुमचौर ज्युलोमा रोपाई महोत्सव सम्पन्न भएको छ । किसानलाई मार्सी धान उत्पादनमा उत्प्रेरण दिनका लागि छुमचौर ज्युलोमा रोपाई महोसव गरिएको हो । जुम्ला पातारासीको छुमचौर ज्युलो, जुन विश्व कीर्तिमानी जमिन हो । समुन्द्रि सतह बाट २ हजार ८ सय मिटर उचाईमा धान फल्ने छुमचौर ज्युलो गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज छ ।
रोपाई महोत्सवका लागि छुमचौर ज्युलोमा पुगेका कर्णाली प्रदेश सरकारका कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धान जुम्लाको पहिचान बनेको बताए । ‘अहिले खाद्य बजारमा जुम्लाका रैथाने र अर्गानिक कृषि उपजको चर्चा छ, जुम्लाकोप हिचान बनेको मार्सी धान खेतीमा किसान जुट्नुपर्छ । छुमचौरमा धान खेती कम हुदै जानु जुम्लाका लागि घाटा छ, किसान खेतीमा जुट्नुुपर्यो, प्रदेश सरकार ज्युलो घेरबार गर्न प्रतिवद्ध छ ।’ उनले भने ।
बजारमा मार्सी चामलको माग बढ्दो छ। मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ । किसानलाई उर्जा दिन र बजारमा आएको माग पुरा गर्न किसानलाई जागरुक गर्न महोत्सवले सन्देश दिन सफल भएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले संस्कार र संस्कृतिसँग जोडिएको मार्सीधान संरक्षण गर्न किसान जागरुक हुनु पर्ने बताए । यो समयमा अधिकांस किसान पाटनमा यार्सा टिप्न जाने भएकोले खेतहरु बाँझो हुन्थे । छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिए पछि चौतर्फी चासो बढेको हो । स्थानीय सरकारले मार्सीधान जोगाउन पहल थालेको पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताए ।
मार्सधानको संरक्षण गर्न सके मात्रै चौधविस क्षेत्रको बिकास हुने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताईन । ‘जुम्लाको अर्गानिक मार्सी धान स्वास्थ्यका दृष्टिले महत्पुर्ण छ, यति मात्र नभएर यो धानले इतिहास बोकेको छ, त्यसैले पनि यसको संरक्षण गर्न आवश्यक छ ।’ उपाध्यक्ष रोकायाले भनिन् ।
रोपाई महोत्सवमा कर्णाली प्रदेश सरकारका कृषि सहकारी मन्त्री भीमप्रकाश शर्मा, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, पातारासी गाउँपालिकाका जनप्रतिनिधि, कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी, पत्रकार, सुरक्षाकर्मी, स्थानीय को उस्थिति रहेको थियो महोत्सवमा रैथाने सँस्कृति झल्कने देउडा, मागल समेत प्रदर्शन गरिएको थियो ।
सर्वोच्चमा धान फल्ने छुमचौर ज्युलोमा रोपाई महोत्सव
कर्णाली सरकारका कृषि मन्त्रि मार्सी रोप्न जुम्ला पुगे
प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस