सिंजामा मर्यादित महिनावारी र सरसफाइ स्वच्छता सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

सिजा गाउँपालिका अन्तर्गत मर्यादित महिनावारी तथा सरसफाइ स्वच्छता सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजित सडक नाटक सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमको आयोजना सिजा गाउँपालिका ले गरेको हो भने सहयोग सुस्वा परियोजना बाट गरिएको थियो। समन्वय भेरीखोला मल्टिपर्पोज मिडिया प्रा.लि. ले गरेको हो।
सिजा गाउँपालिकाका चार स्थान—नराकोट, चुलेलगाउँ, बारे तथा सिजा–६ नम्बर वडामा सडक नाटक प्रदर्शन गरिएको थियो। कार्यक्रममार्फत महिनावारीसँग सम्बन्धित सामाजिक भ्रम, स्वच्छता अभ्यास र मर्यादित व्यवहारबारे जनचेतना फैलाइएको आयोजकले जनाएको छ।
सडक नाटकमा कलाकार मान बहादुर कुँवर भैरेको टिमले प्रभावकारी प्रस्तुति दिएका थिए। स्थानीय समुदायको उल्लेखनीय सहभागितासहित नाटकले सामाजिक सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइएको छ।
कार्यक्रमका क्रममा सिजा–२ का वडा अध्यक्षले आफ्नो धारणा राख्दै सडक नाटकमार्फत गरिएको जनचेतनामूलक प्रयासको प्रशंसा गर्दै कलाकार तथा आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका थिए।
स्थानीय तहका प्रतिनिधि, समुदायका सदस्य तथा युवाहरूको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको आयोजकले जनाएको छ। सडक नाटकले ग्रामीण क्षेत्रमा महिनावारी सम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस