
तातोपानी गाउँपालिका वडा नम्बर ६ हिँयाखाेलाकाे कालिका आधारभूत विद्यालयमा एकसाथ तीनवटा भवन उद्घाटन गरिएकाे छ। कर्णाली प्रदेश सांसद देवेन्द्र बहादुुर शाहि र तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाई द्वारा संयुक्तरूपमा उद्घाटन गरेका छन्।
हिँयाखाेलाकाे कालिका आविमा नवनिर्मित २ काेठे शैक्षिक भवन, खाजा घर र खेलाैनाघर उद्घाटन गरिएकाे हाे। सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयोग र सामाजिक विकास कार्यालय जुम्लाकाे प्राविधिक सहयाेगमा निर्मित खेलाैना घर, डब्लुएफपिकाे सहयाेगमा निर्मित जुम्लाकै नमुना भान्सा घर र संघीय बजेटमा निर्माण भएकाे शैक्षिक भवन निर्माण भएपछि हिँयाखाेलाकाे शैक्षिक विकासमा ठुलाे परिवर्तन आउने अपेक्षा गरिएको छ।
तातोपानीकाे पिछडिएको गाउँ हिँयाखाेलामा यहाँका नागरिककाे जागरुकता, लगनशीलता र मेहनतले कालिका आवि पालिकाकै नमुना विद्यालय बन्न सफल भएकाे तातोपानीका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए । अब भवन बनिसकेकोले अन्य शैक्षिक गतिविधिलाई तीव्रता दिनुपर्नेमा उनले जाेड दिए।
कर्णाली प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले भवन उद्घाटन गर्दै शिक्षा क्षेत्रकाे विकासले समग्र समाजकाे हित गर्ने बताए । कालिका आवि हिँया खाेलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले विद्यालय प्रति स्थानीय सरकार, सामाजिक विकास कार्यालय, डब्लुएफपि र प्रतिनिधि सभा साँसद छिरिङ ल्यामु लामाकाे याेगदान अविस्मरणीय रहेकाे भन्दै आभारी रहेकाे बताए ।
हिँयाखाेलाका समुदायले युवाकाे काँधमा विव्यस अध्यक्ष काे जिम्मेवारी दिएपछि केही हद सम्म सफल काम भएकाे उनकाे दाबी छ।