याे कुनै एआईबाट बनाइएको कृतिम दृश्य हाेइन। ।यो वास्तविक दृश्य हो, वास्तविक स्थानको र वास्तविक घटनाको।
जुम्लाकाे जंगल भित्र हिउँमा सहजै डुलिरहेका जनावर न पुर्ण रुपमा जँगली सुँगुुर हुन न पुर्णतया घर पालुवा बङ्गुर। जुम्ला गुठिचाैर गाउँपालिका वडा नम्बर १ नियापानीका धर्मजित बस्नेतले पालेकाे बङ्गुर र जंगली सुँगुर काे क्रसबाट जन्मिएका हुन्।
जसको शारीरिक बनावट बङ्गुर र जङ्गली सुँगुर दुवैसँग मिल्दोजुल्दो देखिन्छ। घटनास्थलमा खिचिएका भिडियोहरूमा ती बच्चा जनावरहरू हिउँ परेको स्थानमा तथा जङ्गल क्षेत्रमा सहजै हिँडिरहेको देख्न सकिन्छ।
यिनिहरु हिउँमा समेत सहजै हिडडुल गर्न सक्छन्।प्राय जङ्गलमै छाडा रुपमा छाेडिने हुँदा याे क्रसब्रिड सुँगुरकाे हुललाई कहिलेकाही जँगलमै गएर रेखदेख गरे पुग्छ।
स्थानीय धर्मजित बस्नेतकाे बुंगुर जंगलमा चर्दा जङ्गलि सुँगुर सँग क्रस भएपछि याे क्रसब्रिड सुँगुरकाे हुल बनेकाे हाे। याे तथ्यकाे आधिकारिकता बारे बाेल्दै गुठिचाैर गाउँपालिका वड नम्बर १ का वडा अध्यक्ष अर्जुन कुमार महताराले याे खवर सत्य भएकाे बताएका छन्।
धर्मजित बस्नेत तिनै व्याक्ति हुन् जसलाई वडा सरकारले पुरस्कृत गरेकाे थियाे। कृषिका क्षेत्रमा नयाँ नयाँ काम गरिरहेका धर्मजितलाई गत वर्ष गुठिचाैर गाउँपालिका वडा नम्बर १ ले जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्वर १ ले उत्कृष्ट किसानका रुपामा सम्मान गरेकाे थियाे । उनलाई घरमै पुगेर नगद ३३ हजार ७ सय ५० रुपैंया पुरस्कार स्वरुप हस्तान्तरण गरिएकाे थियाे।
