जुम्लामा भालुकाे आक्रमणबाट दुइजना घाइते

जुम्लामा भालुकाे आक्रमणबाट २ जना घाइते भएका छन्। जुम्लाकाे गुठिचाैर गाउँपालिका वडा नम्बर ३ गर्ज्याङकाेट कि बुमचि कामी र सृजना कामिलाई भालुले आक्रमण गरेकाे हाे।
आज बिहान घर नजिकैकाे नानिपातल मेलामा घाँस काट्न गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरप नायव उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिए। घाइते ३८ वर्षिया बुमचि कामी र १७ वर्षिया सृजना कामिकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।
भालुलाई जङ्गल तर्फ धपाउन प्रहरी टाेली खटिएको समेेत उनले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस