
जुम्लाकाे सिंजाबाट लघु चलचित्र अदृश्य आँसुकाे छायांकन सुरु गरिएको छ। सुस्वा परियाेजनाकाे ब्यानरमा निर्माण हुन लागेकाे लघु चलचित्र अदृश्य आँसुकाे आजबाट छायांकन सुरु गरिएको हाे।
साे चलचित्रमा कलाकार मान बहादुर कुँवर भैरे, सिर्जना बडुवाल, धनपुरा शाही, कमला कठायत लगायतको मुख्य भुमिका रहेकाे छ।
सामाजिक विभेद र महिनावारी तथा अपांगता विभेद विरुद्ध सचेतना प्रवाह गर्ने उदेश्यका साथ निर्माण हुन लागेकाे लघु चलचित्र अदृश्य आँसुलाई राजु तिर्वाले निर्देशन गर्नेछन् भने कमल (एमबि) शाहीले छायांकन गर्नेछन्।
चलचित्रका माध्यमबाट समाजलाई जातीय भेदभाव, अपांगता र महिनावारी विभेद विरुद्ध गाेलबद्व बनाउने उदेश्य रहेकाे सुस्वा परियाेजनामा कार्यरत लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिर्वाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार