त्रिवि दिवसको अवसरमा जुम्ला खेलकुद प्रतियोगिता सञ्चालन

त्रिभुवन विश्वविद्यालय काे ६६ औं स्थापना दिवसकाे अवसरमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा भलिबल, फुटसल र टेबलटेनिस प्रतियोगिता सञचालन गरिएको छ। आजबाट सुरु भएकाे भलिबल खेलमा कुल ६ टिमले सहभागिता जनाएका छन्।
सबै खेल नकाउट पद्धति बाट खेलाइन छ। यस्तै ५ टिम फुटसल र १६ जनाले टेबलटेनिसमा भाग लिएको जुम्ला बहुमुखी क्याम्पस जुम्लाका स्ववियु सभापति लाेकेन्द्र बुढाले जानकारी दिएका छन्।
खेलकुद प्रतियोगिता बाट क्याम्पस का अध्ययनरत विद्यार्थीकाे अन्तरनिहित क्षमता प्रस्टफुटन हुने र खेल क्षमताकाे वृद्धि हुने अपेक्षा गरिएकाे छ।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस