सल्यानका पवन कुमार वलीको “सल्यान टाकुरी” बाेलकाे गीत सार्वजनिक

पत्रकारितामा लामो समय बिताएका पवन कुमार वलीले नयाँ गीत सल्यानका पवन कुमार वलीको “सल्यान टाकुरी” बाेलकाे गीत सार्वजनिकसार्वजनिक गरेका छन्। “सल्यान टाकुरी, जाल बुनी छेक्ने, कहाँ छेउ माकुरी” बोलको गीत वलीले आफ्नै शब्द, लय र स्वरमा तयार पारेका हुन्। मोडलिङ समेत स्वयम् वलीले गरेका छन्। गीतमा रिना गुरुङ र रामु खड्काको अभिनय देख्न सकिन्छ।
यो गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। साबिक मर्म गाविसमा जन्मिएका वली रेडियो शारदा एफएम सल्यानमा काम गरेका थिए। उनी उज्यालो साप्ताहिकका सम्पादक, पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष र रेडियो तहल्का एफएमका कार्यकारी निर्देशक तथा संस्थापक सदस्य समेत रहेका छन्।
गीतसंगीतमा रुचि राख्ने वलीका यसअघि ‘तिमीलाई के थाहा किन रुन्छु म’ र ‘साइलो दाइ’ जस्ता गीत सार्वजनिक भइसकेका छन्।
हाल कार्यरत वली व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सक्रिय भए पनि लोकभाका संरक्षण र प्रवर्द्धनमा समर्पित छन्। यो सङै यस अघिको साइलो दाइ गित सल्यान्का गन्धर्ब समुदायमा गाउने गरेको गितलाइ सन्कलन गरेर ल्याएर रेकड गरेको र सल्यान टाकुरि पनि सल्यान्का गाउ बस्तिहरुमा धेरै पहिले मेला पर्वमा गाउने गरिएको गितलाइ सन्कनल गरेर रेकर्ड गरेको उनिले जनाए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस