
जुम्लाकाे तिला ९ मा पर्ने नदै गुफामा पहिलाे पटक शैक्षिक भ्रमणका लागि टाेली पुगेकाे छ। जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ९ माथिल्लाे खाेप्रीमा अवस्थित नदै गुफामा तिला ९ काे ज्याेती माद्यामिक विद्यालय टाेली शैक्षिक भ्रमणका लागि पुगेकाे हाे। प्राकृतिक सुरुङमार्ग नदै गुफामा प्रचारप्रसारकाे अभावले खास्सै पर्यटक पुग्न सकेका छैनन्। ज्याेती मावि राँसा मालापानिबाट ६५ जनाकाे टाेली २ दिने शैक्षिक भ्रमणकाे सिलसिलामा नदै गुफामा पुगेकाे हाे।
दुई दिने शैक्षिक भ्रमणका क्रममा ७५ जना विद्यार्थी र ५ जना शिक्षक गरेर ८० जनाले नदै गुफाकाे प्रत्यक्ष अवलोकन गरेकाे ज्याेती मावि राँसा मालापानीका प्रधानाध्यापक माेतिराम बुढाले बताएका छन्। सबै शिक्षक विद्यार्थीले गुफाभित्र यात्रा गरेर वारपार गरेकाे प्रअ बुढाले बताए ।
प्रकृतिको अनुपम उपहारका रुपमा रहेकाे तर प्रचारप्रसारकाे अभावमा ओझेल परेकाे नदै गुफाबारे विद्यार्थीलाई यथेष्ट जानकारी बटुल्न र त्यहाँकाे सुन्दरता, गाैथलिका गुड देखि धार्मिक परम्परा हेर्न तथा बुझ्न शैक्षिक भ्रमण गरिएको उनले बताए ।
राँसामालापानी बाट हिँडेकाे टाेलीलाई शुक्रबार माथिल्लो खाेप्रीबासीले न्यानाे सत्कारका साथ बास दिएकाे भन्दै ज्याेति माविका शिक्षक पुर्ण बुढाले बताए । नदै गुफामा पहिलाे पटक शैक्षिक भ्रमणमा विद्यालयकाे टिम पुगेकाे देखेपछि खाेप्रीका स्थानीयले हर्ष उल्लासका साथ स्वागत सत्कार गरेकाे उनले बताए । टिमलाई खाेप्रीका स्थानीय काली बहादुर थापाकाे नेतृत्वमा गाउँलेले बसाइँ व्यवस्थापन मिलाएका थिए। यस बाट खाेप्रीबासि सँग आगन्तुक पाहुनालाई गर्ने व्यवहार कस्ताे छ, भनेर पुष्टि भएकाे उनले बताए ।
सडक, सञ्चार लगायतकाे सुविधा बढाउन सके नदै गुफा पर्यटकीय गन्तव्य बन्नेेमा कुनै शंका नरहेकाे स्थानीय काली बहादुर थापाले बताए । थुन जस्ता आकृतिबाट तप्पतप्प पानी चुहिने नदै गुफा भित्र गाैथलिका गुँड छन्। ढुंगामा हिर्काउदा मादल जस्तै आवाज निस्किन्छ।