भेरिखाेलामा तिला कर्णाली यातायातले हाइस सेवा सुचारु गर्याे

टाेप्लाबाट बिहान ९ बजे र बजार बाट दिउसाे २ बजे छुट्ने

जुम्लाकाे दुर्गम भेरिखाेला क्षेत्रमा तिला कर्णाली यातायात सेवा प्रालीले हाइस सेवा सञ्चालन गरेकाे छ। सडक सञ्जालमा जाेडिएकाे दशकाैं पछि भेरिखाेला बाट जुम्ला खलंगा सम्म आवतजावत का लागि औपचारिक यातायात सेवा पहिलाे पटक सञ्चालन भएकाे हाे।
जुम्ला खलंगा बजारबाट त्रिवेणी,नुवाकाेट, सर्मी, सुर्कीकाे कंयरकाेट, पातरसाँघु हुँदै टाेप्ला सम्म हाइस सेवा सञ्चालन गरिएको तिला कर्णाली यातायात प्रालीका प्रतिनिधि सन्ताेष खत्रीले जानकारी दिएका छन्। जुम्ला खलंगाबाट दिउसाे २ बजे छुटेकाे हाइसकाे अन्तिम गन्तव्य टाेप्ला हुने उनले जानकारी दिए।
भेरिखाेलाकाे टाेप्लाबाट जुम्ला खलंगा सम्मकाे लागि बिहान ठिक ९ बजेबाट हाइस छुट्ने खत्रीले बताए । जुम्लाबाट टाेप्ला सम्मकाे भाडा ५ सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए। जुम्ला खलंगाबाट नुवाकोट सम्म २ सय ५०, सर्मी सम्म ३ सय ५०, कंयरकाेट सम्म ४ सय, पातरसाँघु सम्म ४५० र टाेप्ला सम्म ५ सय रुपैयाँ भाडादर कायम गरिएकाे छ। टाेप्ला लगायतका स्थान हुँदै बजार सम्म साेहि अनुसारकाे भाडा कायम गरिएको छ।
तातोपानी गाउँपालिकाकाे दुई वडा (वडा नं ७ र ८) का दर्जन बढी गाउँ हाइस सेवाबाट लाभान्वित हुने युवा सन्देश शाहीले जानकारी दिए। कामकाज का लागि तातोपानी गाउँपालिका र बजार पुग्न अब निकै सहज हुने उनले बताए । निश्चित समयमा हाइसले सेवा दिने खबरले भेरिखाेलाबासी लाई हर्षित बनाएकाे उनले बताए ।

यस्ताे छ भाडादर

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस