जुम्लामा पहिलाे पटक सञ्चालन भएकाे जिल्ला स्तरीय दलित समुदाय लक्षित पुरुष फुटबलकाे उपाधी देउती कैलाश युवा टिम तिला ३ कुडारीले चुमेकाे छ। आज नेपाली सेनाकाे खेलमैदान टुडिखेलमा भएकाे निकै राेमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा समाज चेतना युवा क्लव हियाँखाेलालाई नमिठाे हार चखाउदै उपाधी हात पारेकाे हाे।
खेलमा समाज चेतना युवा क्लव हिँयाखाेला हाबि भएतापनि अन्तिम समयमा १-० काे नतिता उल्टाउदै देउती कैलाशले १-१ गाेलकाे बराबरी गर्दै कम्ब्याक गर्न सफल भयाे। खेलकाे पहिलाे हाफमै १ गाेलले अग्रता लिएकाे समाज चेतना युवा क्लव हिँयाखाेलाले जाेगाउन सकेन। रक्षात्मक लाइन चिर्दै कैलाश देउतीले खेलकाे अन्त्यमा बराबरी गाेल फर्काउदै उत्कृष्ट पुनरागमन गर्याे। खेलकाे अन्त्यमा समाज चेतना युवा क्लबले गाेल खाएपछि खेल थप राेचक बन्याे। दुबै टिमका १-१ प्रहार बारमा लागेका थिए।
खेल पेनाल्टी सुटआउटमा धकेलिएपछि देउती कैलाशका गाेल रक्षक नायक बन्दै टिमलाई उपाधी दिलाउन सफल भए। यद्यपि समाज चेतना युवा क्लब हिँयाखाेलाका गाेल रक्षकले पनि पेनाल्टी सुटआउटमा उत्कृष्ट बचाउ गरेका थिए। तर खेलाडी गाेल गर्न चुकेपछि हार टर्न सकेन।
समग्रमा समाज चेतना युवा क्लब हिँयाखाेलालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउदै उपाधी देउती कैलाश कुडारी टिमले हात पारेकाे छ।
जिल्ला स्तरीय पुरुष फुटबलकाे उपाधी देउती कैलाश कुडारीले चुम्याे
प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस