तिलामा उपाध्यक्ष कपकाे सेमिफाइनल समिकरण पूरा

जुम्लाकाे तिला गाउँपालिकामा जारी उपाध्यक्ष कपकाे समिकरण पूरा भएकाे छ। ५० हजार पुरस्कार राशिकाे गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे रेफ्रि हरिलाल महतले बताएका छन्। कुल ८ टिम सहभागी उपाध्यक्ष कपमा भाेलि (शुक्रबार) सेमिफाइनलका खेल हुने उनले बताए ।
सेमिफाइनल अन्तर्गत पहिलाे खेल तिला १ र तिला ९ बिच हुने छ। दाेस्राे खेल तिला ८ र तिला ४ बिच हुने छ। फाइनल खेल समेत भाेलि नै खेलाइने छ। विजेता टिमले नगद ५० हजार पाप्त गर्ने छ, भने द्वितीय टिमले ३० हजार पाउने तिला कि उपाध्यक्ष गाेरिकला बुढाले जानकारी दिएकि छन्।
भलिबलका अतिरिक्त पालिका स्तरीय देउडा प्रतियोगिता समेत सञ्चालन गरिएकाे छ। देउडा प्रतियोगितामा कुल ९ वटा टिम समावेश भएका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस