
जुम्लाको हिमा गाउँपालिकामा मर्यादित महिनावारीकाे संदेश दिन छाउपडि प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ। हिमा गाउँपालिकाकाे सुस्वा परियोजनाकाे समन्वयमा हिमाकाे रुपाकाेट आधारभूत विद्यालयमा छाउपडि प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हाे।
परम्परागत रुपमा जरो गाडेर रहेको छाउपडी प्रथा धार्मिक तथा साँस्कृतिक एवं पितृसत्तात्मक मान्यतामा आधारित कुप्रथाको विरुद्ध आम रुपमा जागरण ल्याउन जुम्लाका स्थानीय कलाकारले नाटक प्रर्दशन गरेका हुन् ।
सामाजिक सञ्जालमा अत्यधिक रुचाइएका कलाकार गरिकुडा र भैरे टिमले मर्यादित महिनावारीकाे वकालत गर्दै छाउपडि प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हिमा गाउँपालिका मा संचालित सुस्वा आयोजनाको वास सयोजक सुमिता शाहिले बताएकी छन्। सडक नाटकमा समाजमा रहेको रुढीवादी पराम्परा छाउपडी प्रथाको विरुद्ध र सरसफाइ तथा स्वच्छता लगायतका विषय समेटिको उनले बताएकी छन् ।
छाउपडी प्रथा हाम्रै आमा दिदी बहिनीले भोग्दै आएको समस्या हो,यसलाई हामीले आजै देखि अन्त्य गर्नु पर्छ । महिनावारी हुँदा छाउगोठमा राख्दा धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको छ । उनले नयाँ कर्णाली सँग भनिन्।
यसै बिच कर्णालीका ७९ वटा पालिका मध्य पहिला पालिकाका रुपमा हिमाले हरेक वर्ष पढाइ मेला गर्दै आएकाे छ । जसले गर्दा विद्यालय सुधार देखि बालबालिकाकाे प्रतिभा पहिचान,क्षामता विकासमा जाेड दिएकाे छ ।
गर्षदेखि सुरु भएकाे पढाइ मेेलालाई हिमाले यश वर्षपनि निरन्तरता दिएकाे छ । बुधबार र विहिबार दुई दिन आयाेजित पालिकास्तरीय पढाइ मेलमा नीजि विद्यालय प्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक एवम् जीवन उपयोगी बनाउन,विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लाकै पहिलो बृहत् पालिका स्तरीय पढाई मेलाको आयोजना गरेको हाे ।