
जुम्लाको तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरेको छ । आज तिला गाउँपालिकाले सर्वपक्षिय उपस्थितिमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरेको हो । तिलाका स्थानीय तथा सरोकारवालाले कृषि, शिक्षा, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट, नीति र कार्यक्रम ल्याउन सुझाव दिएका छन् । तिला ५ का निवर्तमान वडा अध्यक्ष कालि बहादुर बुढाले यो वर्षको बिघ्न खडेरीले खाद्य संकट र भोकमरी निम्त्याउने खतरा भएकोले यस विषयमा विचार गरेर कृषि सम्बन्धि नीति तथा कायक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् । ‘एकातिर खडेरीले बालीनाली सुकेर सखाप हुदैछ, अर्कोतिर मनसुन जन्य घटनाले नागरिक व्यापक रुपमा प्रभावित हुने प्रक्षेपण भइरहेको छ, यो सम्भावित विषम परिस्थितिमा सहारा बन्ने खालका नीति तथा कार्यक्रम ल्याउनु पर्छ ।’ उनले भने ।
स्थानीय धनिनाथ योगिले पालिकामा बन्ने सबै भौतिक संरचना अपाङ्गमैत्री बनाउन नीतिमै व्यवश्था हुनुपर्न सुझाव दिएका छन् । असारे विकासको प्रवृत्ति अन्त्य गर्न सुझाव दिएका छ । पालिकाबासीले काममा ढिलासुस्ती हटाउन, पारदर्शिता कायम राख्न, सेवा प्रवाहलाई परिणाममुखी र सेवाग्राही मैत्री बनाउन सुझाव दिएका छन् । यस्तै तिला १ का युवा विजय रावतले पालिकामा योजना वैंकको अवधारणा ल्याउन सुझाएका छन् । पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका आयोजनाहरु महत्व अन्ुसार वर्गिकरण गर्न तथा प्राथमिकिकरण गर्नका लागि योजना वैंकको अवधारणा ल्याउन सुझाव दिएका छन् । शिक्षिका सरिता रावतले शिक्षा क्षेत्रमा केवल लगानीले मात्रै नपुग्ने हुँदा नियमन र अनुगमनको नीति अवलम्बन गर्नुपर्ने बताएकि छन् ।
सरस्वती माद्यमिक विद्यालय तिला ५ कुडारीका प्रधानाध्यापक मान बहादुर सिंहले विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम ल्याउन पालिकालाई राय पेश गरेका छन् । साथै उनले आवश्यकतामा टेकेर बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए । पालिकामा महिला सशक्तिकरण र रुपान्तरणका लागि टोलटोेलमा महिला शिक्षा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ । पर्यटन प्रवद्र्धनका लागि त्रीवेणी, नदै गुफा लगाएतका पर्यटकीय क्षेत्रमा पुर्वाधार तयार गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने स्थानीयको माग छ । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पालिकालाई प्राप्त उत्कृष्ट र रचनात्मक सुझावलाई नीति तथा कार्यक्रममा ‘समावेश गर्ने बताएका छन् ।
यस्तै तिला गाउँपालिकाकि उपाध्यक्ष गोरिकला बुढाले विगतका असल अभ्यासलाई निरन्तरता दिने र नविनतम् तथा रचनात्मक सुझावलाई पालिकाले ग्रहण गर्ने बताएकि छन् । तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादु्र बुढ्थापाले उत्पादनमुलक र दिगो प्रभाव पार्ने खालका नीति कार्यक्रममा जोड दिइने बताएका छन् ।