जुम्लाको कनकासुन्दरी गाउँपालिकामा बालविवाह न्युनिकरणका लागि रणनीतिक कार्यशाला संचालन गरिएको छ । कनकासुन्दरी गाउँपालिकाको आयोजना र प्लान नेपाल इनरनरनेशनल तथा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको सहजीकरणमा ५ वर्षे रणनीतिक कार्यशाला सम्पन्न भएको हो ।
बालविवाहले बालबालिकाको जीवनमा बहुपक्षिय असर गरिरहेको सन्र्दभमा बालविवाह अन्त्य गर्नको लागि कनकासुन्दरी गांउपालिका पञ्चवर्षिय रणनीति निमार्ण गरेर कार्यान्वयन तर्फ अग्रसर हुने प्रतिवद्धताको साथ यस पालिकामा कार्यरत विकासका साझेदार संस्थाहरुको सहयोगमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा बालविवाह न्यूनिकरणको लागि रणनीतिको खाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यशालामा आ.व. २०८५÷८६ सम्म बालविवाह न्यूनिकरण गर्नको लागि सवल पक्ष, कमजोर पक्ष र चुनौति सम्बन्धमा वृहत छलफल गरेका छन् । साथै गोष्ठीले बालविवाह न्यूनिकरणको रणनीतिक उद्देश्य निर्माण गर्नुको साथै आगामी कस्ता कार्यक्रमले बाल विवाह अन्त्य गर्न सम्भव हुन्छ भन्ने विषयमा वृहत छलफल गरिएको छ ।
गोष्ठिमा गांउँपालिका अध्यक्ष दामोदर आचार्यले रणनीतिक योजनालाई गांउसभाबाट पास गर्ने र कार्यान्वयनको लागि वार्षिक वजेट विनियोजन गर्ने कुरामा तत्पर रहेको कुरा व्यक्त गरेका छन् । साथै उनले यस पालिकामा बालविवाह सम्बन्धि धेरै कार्यक्रम भएको र बालविवाह अन्त्य गर्नको लागि रणनीतिक योजना नभएको हुदा यो कार्यशाला अत्यन्त मह्त्वपूर्ण रहेको बताए ।
सहजकर्ता रमा भण्डारीले बालविवाह अन्त्य गर्नु मानविय विकासको पक्षमा एउटा युद्ध जित्नु सरह हुने बताइन ।
यसले बालबालिकाको जीवनमा सर्वोत्तम हित प्राप्त गरि उनिहरुको अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरणको सृजना गर्दछ भन्ने कुरामा जोड दिएको थियो । बालविवाह न्यूनिकरणका लागि बाल संरक्षणका संयन्त्रहरुको निमार्ण र सर्वपक्षिय भूमिकालाई अभिवृद्धि गरी क्रियाशिल बनाउन आवश्यक रहेको कुरामा जोड दिइएको छ ।
गांउँ कार्यपालिका सदस्य, सम्पूर्ण शाखा प्रमुख, वडा सचिव, बाल संरक्षणका संयन्त्र, नागरिक समाज संजाल,बालक्लव प्रतिनिधिहरु र साझेदार संस्थाहरुको उपस्थितिमा रणनीतिक कार्यशाला संचालन गरिएको थियो । बालबालिका वर्तमानका साझेदार र भविष्यका कर्णदार हुन् भन्ने भनाईलाई सार्थक बनाउनको लागि अब कस्ता क्रियाकलापहरुले बालबालिका स्वयंले आफ्नो जीवनका लक्ष्य निर्धारण गर्न सक्छन् र बालविवाहको अन्त्य गर्न सकिन्छ भन्ने सवालमा गोष्ठीको विषय वस्तु केन्द्रीत भएको थियो ।
यस रणनीति योजना कार्यान्वयन भएमा नेपाल सरकारको सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धतालाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
बालविवाह न्युनिकरणका लागि कनकासुन्दरीमा रणनीतिक कार्यशाला सम्पन्न
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस