जेठ २०, २०८१
जुम्लाकाे तातोपानी गाउँपालिका ७ (भरिखाेला) काे जनजागृति माद्यामिक विद्यालय बारागाउँमा डिजिटल स्मार्ट बाेर्ड सञ्चालनमा ल्याइएको छ। तातोपानी ७ बारागाउँकाे जनजागृति माद्यमिक विद्यालयमा जेठ १९ बाट २ वटा डिजिटल स्मार्ड बाेर्ड सञ्चालनमा ल्याइएको प्रधानाध्यापक अम्मर रावतले जानकारी दिएका छन्।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाई, प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतकाे उपस्थितिमा स्मार्ट बाेड उद्घाटन गरिएकाे हाे।
खरिद, ढुवानी र जडान गरि प्रति स्मार्ट बाेर्ड १ लाख ७५ हजार पर्न गएकाे प्रअ रावतले बताए । दुबै बाेर्ड गरि तातोपानी गाउँपालिकाकाे साढे ३ लाख लागतमा स्कुलमा जडान भएकाे उनले बताए । जनजागृति मावि बारागाउँ तातोपानीकाे पहिलाे डिजिटल स्मार्ट बाेर्ड जडान गर्ने विद्यालय बनेकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए। यस अघि तातोपानी गाउँपालिकासबै माद्यमिक विद्यालयमा डिजिटल हाजिरि जडान गरिएको बताउदै अध्यक्ष चाैंलागाईले बारागाउँकाे जनजागृति मावि बाट विद्यालय डिजिटलमैत्री बनाउन सुरु गरिएकाे जानकारी दिए। नेट, इन्टरनेटबाट देश, दुनियाँका नयाँ कुरा बुझ्न, पढ्न विद्यार्थीलाई सहज हुने अध्यक्ष चाैंलागाईले विश्वास व्यक्त गरे।
२ सय ९५ विद्यार्थीले अध्ययन गरिरहेकाे जनजागृति मावि बारागाउँमा कक्षा ९ र १० विद्यार्थीलाई अध्यापन गराउन डिजिटल स्मार्ट बाेर्ड एक नयाँ र प्रभावकारी प्रयाेगका रुपमा लिइएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुन बहादुर रावतले बताए । दरबन्दी, राहत र अनुदानमा ५ जना जनशक्ति मात्रै भएकाे याे विद्यालयमा ५ जना निजि शिक्षक/शिक्षिका राखेर पनि पठनपाठनलाई तीव्रता दिइएकाे उनले बताए । विभिन्न चुनाैतिका बाबजुद पठनपाठन भइरहेकाे विद्यालयमा युग सुहाउदाे शिक्षामा जाेडिन डिजिटल स्मार्ट बाेर्ड जडान भएपछि विद्यार्थी हर्षित भएका छन्।